शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विष्णु पौडेल र सुवास नेम्वाङसँग प्रचण्डको छलफल

शुक्रबार, ०५ मङ्सिर २०७७, १४ : ०६
शुक्रबार, ०५ मङ्सिर २०७७

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङसँग छलफल गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा बोलाएर पौडेल र नेम्वाङसँग अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । दुवै नेतासँग प्रचण्डले छुट्टाछुट्ै छलफल गरेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । 

नेकपाको गत बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप