प्रस्ताव फिर्ता लिन प्रचण्डलाई विष्णु पौडेलको आग्रह
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सचिवालय बैठकमा राखिएको प्रस्ताव फिर्ता लिन आग्रह गरेका छन् । शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा भएको छलफलमा महासचिव पौडेलले सो आग्रह गरेका हुन् । महासचिव पौडेलले प्रस्ताव फिर्ता लिन आग्रह गरेपछि अध्यक्ष प्रचण्डले उक्त विषयमा छलफल गर्दै जाउँला भन्ने जवाफ फर्काउनुभएको श्रोतले बताएको छ ।
प्रचण्डले नेता सुवास नेम्वाङसँग पनि छुट्टै छलफल गरेका छन् । तीनै जना नेताबीच प्रचण्डले सचिवालय बैठकमा राखेको प्रस्तावका बारेमा छलफल भएको जनाइएको छ । प्रचण्डले केही दिनअघि बसेको पार्टी सचिवालय बैठकमा १९ पेजको प्रस्ताव राखेका थिए ।
पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा छलफल गर्न अध्यक्ष प्रचण्डले महासचिव पौडेल र नेता नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा बोलाएका थिए । गत बुधबार बसेको पार्टी सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओलीले यसअघि सचिवालयमा प्रचण्डले पेश गरेको प्रस्तावलाई आरोपपत्रको संज्ञा दिएका थिए । साथै उनले छुट्टै प्रस्ताव ल्याउने बताएपछि आगामी मंसिर १३ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्यटन बोर्डको रिक्त तीन सदस्यको नाम टुङ्गियो, को–को भए नियुक्त ?
-
हरिप्रसाद लम्साल सचिव पदमा बढुवा
-
चैते धानको न्यूनतम समर्थन मूल्य तोकियो, किसानले प्रतिक्विन्टल २८ सय पाउने
-
बागमतीको सत्तामा हाम्रो नेपाली पार्टीको 'इन्ट्री', बज्राचार्य बने मन्त्री
-
रास्वपाले गर्यो एमाले पार्टी कार्यालयको अध्ययन भ्रमण
-
इलाम—२ मा रास्वपाले बनायो मिलन लिम्बूलाई उम्मेदवार