कराते खेलका निर्णायक प्रकाश चन्द सम्मानित
शनिबार, ०६ मङ्सिर २०७७, १४ : २१
कराते खेलका निर्णायक तथा प्रशिक्षक प्रकाशकुमार चन्दलाई नेपाल सितोरियो कराते संघ सतुंगल डोजोले सम्मान गरेको छ । चन्द लामो समयदेखि खेलाडी, प्रशिक्षक र निर्णायकका रुपमा कराते खेलमा सक्रिय छन् ।
उनले यस अवधिमा दुुई दर्जनभन्दा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिताहरु आयोजना गर्न भूमिका खेलेका छन् ।
त्यस्तै, महिला हिंसाविरुद्धको अभियानअन्तर्गत १५ हजारभन्दा धेरै महिलाहरुलाई आत्मरक्षाको तालिम पनि दिइसकेका छन् । १३ औ दक्षिण एशियाली खेलकुद प्रतियोगितामा चन्द कराते खेलको निर्णायकको भूमिकामा थिए ।
चन्दलाई उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्ट, राखेप उपाध्यक्ष शिव कोइराला र नेपाल सितोरियो कराते डो संघ सतुुंगल डोजोका प्रशिक्षक सागर शाहीले सम्मान हस्तान्तरण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर