शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

शनिबार, ०६ मङ्सिर २०७७, २० : ३४
शनिबार, ०६ मङ्सिर २०७७

तनहुँको भानु नगरपालिका–५ पञ्चनगरमा आज मोटरसाइकलको ठक्करले एक बालकको मृत्यु भएको छ । 

डुम्रे चन्द्रावती भित्री सडकखण्डमा चन्द्रावतीबाट डुम्रेतर्फ आउँदै गरेको बा७०प ६९०१ नंको मोटरसाइकलको ठक्करबाट आठ वर्षीय बालकको मृत्यु भएको हो । 

मृत्यु हुनेमा राजु सिङ्खडाका छोरा आइज्याक  रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

बालकको पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको हो । बालकको टाउकामा चोट लागेको थियो । ठक्कर दिने मोटरसाइकल प्रहरी नियन्त्रणमा छ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप