शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ड्रग्स केसमा हास्यकलाकार भारती सिंह पक्राउ

आइतबार, ०७ मङ्सिर २०७७, ०६ : ५१
आइतबार, ०७ मङ्सिर २०७७

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्यकलाकार भारतीय सिंहलाई पक्राउ गरेको छ । 

विभागका अधिकारीका अनुसार शनिबार भारतीय सिंह र उनका श्रीमानको निर्माण कम्पनी र उनको घरमा छापामारी गरिएको थियो । दुबै स्थानमा उनीहरुले नशालु सामग्री (गाँजा) प्राप्त गरे । उनीहरुले दुबै स्थानमा ८६.५ ग्राम गाँजा भेटेको बताइएको छ । 

एनसीबीका अनुसार दुबै श्रीमान् श्रीमतीले आफूहरुले नशालु पदार्थको सेवन गर्ने स्विकारेका छन् । 

 

एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेले शनिबार दिउँसो पत्रकार सम्मलेनमा भारती र उनका श्रीमानलाई एनसीबीले सोधपुछका लागि बोलाएको जानकारी दिएको छ । आफूहरुले उनीहरुको स्थानबाट केही नारकोटिक्स सामग्री भेटिएकोले उनीहरुसँग सोधपुछ गरिने जानकारी दिएका थिए । 

मुम्बईमा ड्रग्स मामिलामा एनसीबी निकै कडा देखिएको छ । 

केही दिन अघि एनसीबीले अर्जुन रामपालको घरमा छापामारी गरेर उनीसँग सोधपुछ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप