बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

१५ मिनेटमा हालन्डको ह्याट्रिक, बायर्न रोकियो

आइतबार, ०७ मङ्सिर २०७७, ०८ : १०
आइतबार, ०७ मङ्सिर २०७७


अर्लिङ ब्राउट हालन्डले दोस्रो हाफमा चार गोल गरेपछि बोरिसिया डर्टमन्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै हेरेथा बर्लिनलाई पराजित गर्न सफल भएको छ । जीतसँगै डर्टमन्डले शीर्ष स्थानमा रहेको बायर्न म्युनिखसँगको दुरी एक अंकमा झार्न सफल भएको छ ।

नर्वेका २० वर्षीय युवा खेलाडीले दोस्रो हाफमा १५ मिनेटमा आफ्नो ह्याट्रिक पुरा गरे भने ७९ औँ मिनेटमा चौथो गोल गरे । हालन्डले सबै प्रतियोगितामा पछिल्ला ६ खेलमा १० गोल गरेका छन् भने यो सिजन देश र क्लबका लागि १७ खेलमा २१ गोल गर्न सफल भएका छन् ।

राफायल गुरेरोले डर्टमन्डका लागि एक गोल गरे । ब्राजिलियन विंगर माथियस कुन्हाले हेरथाका लागि दुई हाफमा एक–एक गोल गरे । डर्टमन्ड ५–२ गोलले विजयी बन्यो ।

उता, शीर्ष स्थानमा रहेको बायर्न म्युनिख भने वेर्डर ब्रेमनसँग १–१ को बराबरीमा रोकियो । आठ खेलबाट बायर्नको १९ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप