शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमेरिका र चीनको गतिरोधबीच ६० वर्षमा पहिलो पटक ह्वाइट हाउस पुगे तिब्बती नेता

आइतबार, ०७ मङ्सिर २०७७, ०८ : ३३
आइतबार, ०७ मङ्सिर २०७७

अमेरिका र चीनबीच चलिरहेको व्यापारिक गतिरोधबीच तिब्बतका निर्वासित सरकारका प्रमुख डाक्टर लोबसांग सांगेले ह्वाइट हाउसको भ्रमण गरेका छन् ।

टाइम्स अफ इन्डियाका अनुसार शुक्रबार डाक्टर सांगेले ह्वाइट हाउसमा तिब्बत मामिलाका नवनियुक्त समन्वयकर्ता रोबर्ट डेस्ट्रोसँग भेटघाट गरे । तिब्बतको निर्वासित सरकारको कुनै नेताको यो पछिल्लो ६ दशकमा पहिलो आधिकारिक अमेरिकी यात्रा हो । 

पत्रिकाका अनुसार अमेरिकाको यो कदमले चीनसँग पहिले नै चलिरहेको तिखो सम्बन्धमा थप तनाव पैदा हुनसक्छ । 

जानकारका अनुसार केन्द्रीय तिब्बती प्रशासन (सिटिए) का लागि यो एक ऐतिहासिक कदम हो किनभने यसले सिटिएको प्रजातान्त्रिक व्यवस्था र यसका राजनीतिक प्रमुख दुबैले मान्यता पाएको छ । 

केन्द्रीय तिब्बती प्रशासन (सिटिए) को मुख्यालय भारतस्थित हिमाचल प्रदेशको धर्मशालामा छ । 

सिटिएका प्रवक्ताले भने, ‘हामी  खुसी छौं कि दुई लोकतन्त्रले एक अर्कालाई मान्यता दिइरहेको छ । सिटिए र उनका नेतालाई ह्वाइट हाउसमा स्वागत गरिनुलाई एउटा राम्रो सुरुवात भन्न सकिन्छ । आशा छ कि अबको वर्षमा अमेरिकी अधिकारीसँग सिटिएको सहभागिताको सकारात्मक चलन बढ्नेछ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप