
जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट २१ जना पक्राउ

प्रहरीले तनहुँ र चितवनबाट २१ जुवाडेलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार तनहुँको ब्यास नगरपालिका-१ हाईस्कुलटार बस्ने प्रबिन चन्दको घरमा तास खेलिरहेको अवस्थामा १४ जनालाई नगद ७४ हजार ४ सय ४५ रुपैयाँ र ५ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी चितवनको भरतपुर महानगरपालिका-९ शिवालय मन्दिर नजिकै बस्ने ४४ वर्षीय राम गुरुङको घरमा कौडा खेलिरहेको अवस्थामा गुरुङ समेत ७ जनालाई नगद ७६ हजार २ सय ५० रुपैयाँ र कौडा सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी नारायणगढ र जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी डेस्क
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ