केन्द्रीय संस्करण

इराकमा आइएसद्वारा सात प्रहरीको हत्या

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0

एजेन्सी ।  इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए । त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । शनिबार साँझ सो हमला भएको छ ।

यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ । इराकको उक्त प्रान्त राजधानी बगदादबाट करिब २०० मिटर टाढा पर्दछ । उक्त स्थानमा पछिल्ला केही दिनहरुमा आइएसले आक्रमण थालेको छ । त्यसैले इराकको सुरक्षा फौजले सो क्षेत्रमा ठूलो संख्यामा सुरक्षा गस्ती दिने गरेको छ । सो गस्तीपछि आइएसले पनि सो क्षेत्रमा सुरक्षाकर्मी र सर्वसाधाारणलाई लक्षित गरेर हमला गर्ने गरेको छ । शनिबार हत्या गरिएका सात सुरक्षाकर्मी इराकका प्रहरी रहेको बताइएको छ । –एएनआई

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.