शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१९७४ एडी, द चेन र द चेनस्मोकर्सको सहकार्य रहेको नयाँ गीत सार्वजनिक

टुबोर्गले जोड्यो विश्वको दुई कुनामा रहेका कलाकारलाई
आइतबार, ०७ मङ्सिर २०७७, १३ : ३३
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । १९७४ एडीले आफ्नो नयाँ गीत “साथीभाई” रिलिज गरेका छन् । जसमा विश्वव्यापी लोकप्रिय ‘द चेनस्मोर्स’ को हिट गीत “होप” को संगीत प्रयोग गरिएको छ । उक्त नयाँ ट्रयाक अब यूट्यूबमा उपलब्ध रहेको छ जहाँ दर्शकहरुले पुरा गीतको मजा लिन सक्नेछन् ।

विश्वव्यापी प्रचलित कलाकार जोडी ‘द चेनस्मोकर्स’ सँग नेपालको लोक प्रिय फोल्क रक व्याण्ड १९७४ एडीले सांगीतिक सहकार्य गर्दे संगीतप्रेमीहरुलाई यस टुर्बोर्ग ओपनको अभियानतर्फ प्रोत्साहित गर्देछन् । उक्त नयाँ ट्रयाकमा १९७४ एडीको अद्वितीय अवाजलाई चेनस्मोकर्सको गीत “होप” को संगीतसँग मिलाइएको छ जुन हालसम्म १ अर्ब भन्दा बढी स्ट्रिम प्राप्त गरेको ‘सिकबोई’ एल्बमबाट रहेको छ ।

१९७४ एडी भन्छन्, “यो सहकार्यको लागी काम गर्नु हाम्रो लागी निकै रमाइलो अनुभव भयो । महामारी र विशेष परिस्थितीको वातावरणमा हामीले पहिलो पटक यसरी कुनै गीतमा काम ग¥यौं । यो अनुभव एकै साथमा रमाइलो र चुनौतीपूर्ण थियो । यस गीतमा सकरात्मकता र एकताको सन्देश निकै रमाइलो शैलीमा पेश गरिएको छ । हाम्रो दर्शकहरुले यो गीत मन पराउनुहुनेछ भन्ने आशा गर्छौ ।”

द चेनस्मोकर्सका एलेक्स पालले १९७४ एडीसँगको सहकार्य बारे भने, “त्यस क्षेत्रको निकै सफल समूहसँग काम गर्न पाउने थाहा पाउँदा हामी निकै उत्सुक छौं । यस प्रोजेक्टको मुख्य लक्ष्य पनि यही हो ।”

उनले थपे, “टुबोर्गले विश्वको दुई कुनामा रहेका कलाकारहरुलाई जोड्न सफल बनाइरहेको छ नत्रभने हामी दुवैलाई एकअर्कालाई चिन्न वा सम्पर्कमा रहन निकै गाह्रो हुन्थ्यो । मलाई लाग्छ कि यो निकै राम्रो कुरा हो र नयाँ गीतको लागी निकै उत्सुक छु ।”

अब नेपालका संगीत प्रेमिहरुले ३वयष्लतजभदभबत को साथमा समाजिक संजालमा भएको नयाँ ए आर फिल्टर प्रयोग गरि १९७४ एडीको उक्त नयाँ ट्रयाकको मजा लिएको आफ्नो भिडियो अपलोड गर्न सक्नेछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप