शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नोकिया ३.४—ट्रिपल क्यामेराको साथ एआई इमेजिंग, ठूलो स्क्रिन र छिटो प्रदर्शनको साथ गेम सेटअप

आइतबार, ०७ मङ्सिर २०७७, १४ : ०५
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । नोकिया फोनहरूको होम्स एचएमडी ग्लोबलले आज नोकिया ३.४ घोषणा गरेको छ । जसले स्थिर प्याकेजमा विश्वसनीयता, प्रिमियम डिजाइन र एण्ड्रोइडको सर्वश्रेष्ठ संयोजनको लागि सफल यात्रा जारी राख्दै उत्कृष्ट मूल्य सीमालाई प्रेरित गर्दछ । 

लामो समयदेखि प्रतिक्षा गरिएको नोकिया ३.४ एक शक्तिशाली प्रोसेसरको साथ आउँछ —सबैभन्दा नयाँ क्वालकाम स्नैपड्रैगन ४६० मोबाइल प्लेटफार्म जसले सुलभ मूल्य बिन्दुमा कडा प्रदर्शन अपग्रेड ल्याएको छ । 

श्रृंखलामा पहिलो पंच—होल डिस्प्लेको साथ अल्ट्रा—वाइड लेन्स र एआई इमेजिंगको साथ यसमा एक शक्तिशाली ट्रिपल रियर क्यामेरा छ । यो अतिरिक्त स्क्रिन रियल स्टेटसंग जोडिएको छ यसका लागि पंच—होल डिस्प्लेलाई धन्यवाद साथै दुई दिनसम्म टिक्ने ब्याट्री जीवन द्वारा संचालित यो फोनमा तपाईले लामो समय निर्धक्क भएर प्रयोग गर्न सकिन्छ । 

नोकिया ३.४ एण्ड्रोइड वनको साथ आउँदछ, यसमा तीन बर्षको मासिक सेक्यूरिटी अपडेट र दुई बर्षको ओएस अपग्रेड छ । यो फोनलाई—प्रीमियम, टाइमलेस डिजाइनको साथ स्टनिंग नोर्डिक प्रेरित इरिडसेन्ट रंगले समेटेको छ जसले शैली प्रदान गर्दै स्थिरताका साथ यसको फिनिश जडहरूमा अटल रहेको छ ।

स्क्रिन
पछिल्लो जेनेरेसनको तुलनामा ७०% प्रदर्शन अपग्रेडको लागि नयाँ क्वालकाम स्नैपड्रैगन  ४६० मोबाइल प्लेटफर्मको साथ खेललाई माथि उठाउन सकिन्छ । प्रभावशाली ६.३९ इन्च एचडी प्लस स्क्रिनको साथमा पंच—होल डिस्प्लेले अधिक स्क्रीन रियल इस्टेट पनि दिन्छ, जसले अधिकतम काम र मनोरन्जन दिन्छ ।

सुपर पावर्ड तस्विर र लामो समय टिक्ने ब्याट्री
नोकिया ३.४ को ट्रिपल क्यामेरा एआई इमेजिंगको साथ उत्तम शट प्राप्त गर्न सकिन्छ । पोट्रेट मोडको कलात्मक पृष्ठभूमि ब्लर इफेक्टले फोकस एडजस्ट गर्ने अनुमति दिन्छ जसको साथ तपाईंले एक प्रो जस्तै तस्वीर खिच्न सकिन्छ । नाइट मोडको शक्तिशाली छवि फ्यूजन र एक्सपोजर स्ट्याकिंगको साथ कम प्रकाशमा पनि प्रत्येक बस्तु क्याप्चर गर्न सकिन्छ । साथै, ५ एमपी अल्ट्रा—वाइड क्यामेराको साथ एक शटमा अधिक अटाउन सकिन्छ ।

नोकिया ३.४ ले राम्रो प्रदर्शन दिन्छ र यसको दुई दिनसम्म टिक्ने ४००० एमएएच ब्याट्रीको साथ लामो समयसम्म मनपर्ने काम गर्न सकिन्छ । अनुकूलन ब्याट्री टेक्नोलोजीले सबैभन्दा धेरै प्रयोग गर्ने एपमा शक्तिलाई प्राथमिकता दिन्छ, त्यसैले तपाईले चाहनु भएको भन्दा बढि गर्न सक्नुहुन्छ ।

फिनिश डिजाइन 
नोकिया ३.४ केवल वास्तविक मात्र महसुस नभएर राम्रो पनि देखिन्छ । थ्रीडी नानो—टेक्स्चर्ड रियर कभर तपाईंको हातमा सुरक्षित रूपले बस्छ र यसको स्टनिंग फिनिश छ । एक नयाँ रंग प्यालेट प्रस्तुत गर्दै, नोर्डिकको प्राकृतिक सौन्दर्यबाट प्रेरित, नोकिया ३.४ ग्रे रंगमा आउँदछ । साथै, पूर्ण रीसायकल योग्य डाई—कास्ट धातु चेसिस र सिमलेस टिकाऊ संरचनाले तपाईंको फोनलाई प्रीमियम बनाउँदछ जुन सबैले नोकिया स्मार्टफोनबाट अपेक्षा गर्दछन् ।

सर्वश्रेष्ठ एण्ड्रोइडको आनन्द

एण्ड्रोइड वनको एक हिस्साको रुपमा नोकिया ३.४ एक सुव्यवस्थित इन्टरफेस र बिना कुनै ब्लोटवेयरका साथ एक शुद्ध सफ्टवेयर अनुभव प्रदान गर्दछ । एण्ड्रोइड १० ले प्रस्ताव गर्न हरेकको आनन्द लिन सक्नुहुन्छ र तीन बर्षसम्मको मासिक सेक्यूरिटी अपडेटको र दुई बर्षको सफ्टवेयर अपग्रेडमा निर्भर रहन सकिन्छ ।

मूल्य 
नोकिया ३.४ देशभर २२ नोभेम्बर (७ मंसिर) देखि उपलब्ध हुनेछ र यो ग्रे रंगमा ३जीबी+६४जीबी मेमोरी र स्टोरेज कन्फिगरेसनको साथ रु. १८,६९९ मूल्यमा उपलब्ध हुनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप