शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कहिले ब्रेकअप त कहिले अपहरणको आरोप, अब मौलानासँगको विवाहका कारण चर्चामा बलिउड छोडेकी सना खान

आइतबार, ०७ मङ्सिर २०७७, १४ : १२
आइतबार, ०७ मङ्सिर २०७७

बलिउड र अभिनयको दुनियाँलाई अलविदा भनिसकेकी बिग बस सिक्सकी प्रतिस्पर्धी सना खान आजकाल आफ्नो विवाहका कारण चर्चामा छिन् । केही महिनाअघि सना खानले आफ्नो मनोरञ्जन जगतलाई छोड्ने निर्णयबारे सबैलाई जानकारी दिएकी थिइन् । अब उनले अचानक विवाह गरेकी छिन् । उनी आफैंले विवाहको जानकारी त दिएकी छैनन् तर यो विवाहको एउटा भिडियो भने सार्वजनिक भएको छ । सना आफ्नो कामका लागि कम र विवादका कारण बढी चर्चामा हुन्छिन् । आउनुहोस्, सनाका केही विवादबारे जानकारी लिऔं जसले अत्यधिक चर्चा बटुल्यो । 

अपहरणको आरोपः
सना खानमाथि अपहरणको आरोप पनि लागिसकेको छ । एक १५ वर्षीया किशोरीले सना खानमाथि उनले सनाको कजिनसँग विवाह गर्न अस्विकार गरेका छन् आफ्नो अपहरण गरिएको आरोप लगाएकी थिइन् । 

मेलविन लुईससँग ब्रेकअपः
सना खानको यसै वर्ष उनको प्रेमी मेलविन लुईससँग ब्रेकअप भएको थियो । उनले सोसल मिडियामा मेलविनले आफूलाई धोका दिएको आरोपसमेत लगाइन् । सनाले ब्रेकअप पछि आफू भित्रैदेखि टुटेको र निद्राको औषधीसमेत खानुपरेको बताएकी थिइन् । 

आशाका गोराडियासँग दोस्तीः
बिग बसका बेला सना खानको आशाका गोराडियासँगको दोस्तीले भिन्न रुप लिएको थियो । दुबैको दोस्तीमा प्रश्न उठ्न थालेको थियो । बिग बसका बेला यी दुईको फोटोले निकै चर्चा बटुलेको थियो । 

बोल्डनेसः
सना खानले सन् २००५ मा ‘ये है हाई सोसाइटी’ बाट बलिउठमा कदम राखेकी थिइन् । यो एउटा लो बजेट अडल्ट फिल्म थियो । त्यसपछि उनी टिभी कमर्सियल र थुप्रै विज्ञापनमा पनि देखिइन् । बलिउड छोड्ने बेलासम्म सनाको बोल्ड अवतार चर्चामा रहन्थ्यो । 

बलिउडलाई भनिन् बाइबाइः
सना खानले  सोसल मिडियामा अचानक आफूले मनोरञ्जन जगतलाई अलविदा भनेको घोषणा गरिन् । उनले सोसल मिडियाबाट आफ्ना पुराना तस्बिर पनि डिलिट गरिन् । जतिपनि तस्बिर उनको सोसल मिडियामा पोस्ट भएका छन्, ती सबैमा उनले हिजाब लगाएकी छिन् । 

मौलवीसँग विवाहः
अब सना खान आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले गुजरातमा मौलाना मुफ्ती अनससँग विवाह गरेको व्यापक चर्चा छ जसको एउटा भिडियो असाध्यै चर्चामा आएको छ । 



 


 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप