बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ड्रग्स मामिलामा फसेकी भारती सिंहमाथि बर्सिए राजू श्रीवास्तवः भनिन्, ‘अब थाहा भयो यी मानिसहरु आफ्नो विवाहमा...’

आइतबार, ०७ मङ्सिर २०७७, १४ : ५१
आइतबार, ०७ मङ्सिर २०७७

ड्रग्स मामिलामा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को समूह लगातार अनुसन्धानमा जुटेको छ । यसै क्रममा एनसीबीको समूहले हास्यकलाकार भारती सिंह र उनका श्रीमान् कार्यक्रम प्रस्तोता हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेको छ । हर्षलाई उनको घरबाट ८६.५ ग्राम गाँजा बरामद भएपछि पक्राउ गरिएको हो । समाचार एजेन्सी एएनआईका अनुसार हर्ष र भारती दुबै आफ्नो अफिस र घरमा एजेन्सीद्वारा छापा मारेपछि नशालु पदार्थको सेवन गरेको स्विकार गरेका छन् । अब यसमा चर्चित हास्यकलाकार राजू श्रीवास्तवको प्रतिक्रिया आएको  छ । 

यो कुराले निकै हैरानीमा छन् राजूः
ड्रग्स मामिलामा पक्राउ परेकी भारती सिंहमाथि राजू श्रीवास्तव निकै बर्सिएको देखिएका छन् । राजू श्रीवास्तवले आफूलाई यो कुरामा रत्तिभर पनि विश्वास नलागेको बताएका छन् । बलिउडमा आखिर के भइरहेको छ भनेर उनी हैरानीमा परेको बताएका छन् । उनले भने, ‘सुरुमा भारतीबारे यस्तो खबर आउँदा मलाई पनि विश्वास नै लागेको थिएन । तर जब उनी आफैंले सो कुरा स्विकार गरिसकेपछि मलाई असाध्यै अचम्म लाग्यो ।’

राजूले भने, ‘ड्रग्स बिना कमेडी हुन सक्दैन ?’
राजूले भने, ‘यो सबै प्रयोग गर्न के आवश्यक ? के यो बिना कमेडी हुन सक्दैन ? उनले आफू भारतीसँग काम गरिसकेको र उनको विवाहमा पनि समावेश भएको बताए । उनले भने, ‘विवाहमा सबैजना नाचिरहेका थिए । सबैजना मस्ती गरिरहेका थिए । रातभरी डान्स गरिरहेका थिए । मेरो त यसतर्फ ध्यान नै गएन कि आखिर उनीहरु यति विधि कमेडी गर्न सक्छन् ? तर अब थाहा भयो कि यो सबै कसरी भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप