मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले दियो स्वीकृति

आइतबार, ०७ मङ्सिर २०७७, १५ : २९
आइतबार, ०७ मङ्सिर २०७७

नेपाल विद्युत प्राधिकरणले यसपालिको जाडो यामका लागि ढल्केवर–मुजफ्फरपुर लाइन मार्फत २ सय ५० मेगावाटसम्म बिजुली आयात गर्न भारतले स्वीकृति दिएको बताएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ढल्केवर–मुजफ्फपुर लाइनमार्फत २ सय ५० मेगावाट सम्म विजुली आयात गर्न भारतले स्वीकृति दिएको बताए ।

शाक्यले नियमित आयात भइराखेको भन्दा बढी विद्युत आयात गर्नुपर्ने अवस्थामा ल्याउन सक्नेगरी सम्झौता स्वीकृत भएको बताए । जाडोयामको लागि अपुग बिजुली आयात गरी समस्या समाधान गर्नको लागि उक्त स्वीकृति लिएको पनि शाक्यले बताए । उनले भने, ‘ढल्केवरबाट हामीले आयात गरेर नेपाली प्रणालीमा खपत गर्न सक्ने भनेको करिब ३ सय मेगावाट भन्दा बढी छैन । १ सय ३२ केभीका लाइनहरु मात्रै जोडिएका छन त्यहाँ भन्दा तलतिर । त्यसपछि हामीले अहिले २ सय ५० मेगावाटको सम्झौता स्वीकृत भइसकेको छ । भर्खरै हिजोमात्र स्वीकृत भइसकेको छ । भारतले स्वीकृत दिएको छ । त्यहाँबाट २ सय ५० मेगावाट आइसकेपछाडी बाँकी केही कुसाह–कटैया र टनकपुरबाट हामीले अहिलेपनि लिन्छौं र पछिपनि पूर्व पश्चिमबाट लिनुपर्ने हुन्छ । त्यति गरेपछि यो जाडो महिनाको उर्जाको माग पुरा हुन्छ । त्यसमा कुनै समस्या हुँदैन ।’ यो स्वीकृति २०२१ सम्मलाई मात्र रहेको छ । त्यो समयसम्म नेपालको आफनै बिजुली उत्पादन धेरै हुने भएकाले आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने पनि कामु कार्यकारी निर्देशक शाक्यले बताए । 

आगामी वर्षको सुरुवात देखि नै अधिक विजुली उत्पादन हुने देखिएकाले त्यसको व्यवस्थापनमा चुनौति देखा पर्नसक्ने छ । अहिले उर्जा क्षेत्रमा भएको लगानीबाट उत्पादन सुरु भएपछि त्यसको खपत बढाउन नसक्ने हो भने विजुली खोलामा बगाउनुपर्ने स्थिति आउन सक्ने र यस्तो स्थिति आएमा देशको अर्थतन्त्रमा घाटा हुने उनको भनाइ छ । यसबाट प्राधिकरणसँगै उत्पादक कम्पनीहरुलाई समेत घाटामा जाने देखिन्छ । उनले भने, ‘यो चुनौति यही बैशाख देखि सुरु हुँदैछ । प्राधिकरणको लागि यो ठूलो चुनौति हो । प्राधिकरण सँगसँगै नेपालको अर्थतन्त्रको लागि पनि चुनौति हो । हामीले धेरै लगानी गरिसक्यौं उर्जा उत्पादन केन्द्रहरुमा । लगानीगरेर त्यसबाट निस्किएका बिजुली हामीले प्रयोग गर्न सकेनौं र खोलामै बगाउनु प¥यो भने देशका लागि र अर्थतन्त्रका लागि एउटा घाटा हुन्छ । त्यसपछि विद्युत प्राधिकरणसँगसँगै अन्य धेरै संस्थाहरुलाई असर पर्छ ।’
विद्युत खपत बढाउनको लागि प्राधिकरणले अहिले देखिनै योजनावद्ध रुपमा काम गरिरहेको पनि कामु कार्यकारी निर्देशक शाक्यले बताए । 

यस्तै विद्युत वितरणमा देखिएका केही समस्याहरुलाई समाधान गर्ने कार्यमा प्राधिकरण जुटेको पनि कामु कार्यकारी निर्देशक शाक्यले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप