महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन हुने
महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आगामी शैक्षिक सत्रदेखि महेन्द्रनगरमा बहुप्रादेशिक शिक्षालय सञ्चालन ल्याउने तयारी गरेको छ । यहाँस्थित महाकाली अस्पतालको साझेदारीमा स्थापना गरिएको महाकाली बहुप्राविधिक शिक्षालयले कक्षा सञ्चालनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटीई) बाट अनुमति पाएको भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।
स्थानीय तहसँगको साझेदारीमा सात विषयका प्राविधिक कक्षा सञ्चालनका लागि अनुमति दिएको सिटिइभिटिईले भीमदत्त नगरपालिकालाई चालु शैक्षिक सत्र २०७७/७८ बाट कक्षा सञ्चालनका लागि अनुमति दिएको छ । नगरप्रमुख विष्टले कक्षा सञ्चालनका लागि आवश्यक प्रक्रिया अघि बढाइने बताए ।
नगरपालिकाका अनुसार प्रमाणपत्र तहका नर्सिङ, समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेण्टल साइन्स, रेडियो डाइग्नोजिष्टक, अप्थाल्मिक साइन्स र डिप्लोमा ईन फार्मेसीका कक्षा सञ्चालन हुनेछन् । “सात वटै विषयमा ४० का दरले २८० विद्यार्थीले अध्ययन गर्न पाउनेछन् ।” उनले भने, “ यसले यहाँको शैक्षिक विकासमा ठूलो फड्को मार्नेछ ।”
महेन्द्रनगरमा शनिबार शिक्षा विज्ञान तथा प्राविधिकमन्त्री गिरिराजमणि पोखरेलका सल्लाहकार जीवन गौतमले प्राविधिक शिक्षालयका कक्षा सञ्चालनका लागि अनुमतिपत्र भीमदत्त नगरका प्रमुख सुरेन्द्र विष्ट र महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशीलाई हस्तान्तरण गर्दै गरेका छन् ।
नगरका प्रमुख विष्टले आफूले निर्वाचनका बेला गरेको प्रतिबद्धता र समयसापेक्ष समसापेक्ष शिक्षाको मागअनुरुप सिटिइभिटीइबाट सम्बन्धन प्राप्त शिक्षालय सञ्चालन हुने बताए । उनले भौतिक पूर्वाधार जनशक्तिको कामसमेत अघि बढाइने जानकारी दिए ।
सिटिइभिटिइको गत २६ कात्तिकमा बसेको परिषद्को बैठकले भीमदत्त नगरपालिका र महाकाली अस्पतालको साझेदारीमा कार्यक्रम सञ्चालन गर्न बहुप्राविधिक शिक्षालयलाई डिप्लोमा तहका शैक्षिक कार्यक्रम सञ्चालनका लागि सम्बन्धन दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने ?
-
२०७२ को विनाशकारी भूकम्प : सम्झनामा बृहत् फोटो प्रदर्शनी, तस्बिरहरू
-
चीनमा हुवावेईको विक्री आकासियो
-
गीत रेकर्डसँगै ‘आम नागरिक’ निर्माण सुरु
-
सर्वोच्च अदालतको प्रश्नपछि पतञ्जलिले पत्रपत्रिकामा फेरि छाप्यो माफीनामा
-
१७औँ आईपीएलको ४०औँ खेल आज : लगातार दोस्रो पटक गुजरातलाई हराउने योजना बुन्दै दिल्ली