शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लेखापरीक्षण प्रतिवेदन लिएर ५८ वित्तीय संस्था राष्ट्र बैंकमा

२५ वटा संस्थाको लाभांश स्वीकृत
आइतबार, ०७ मङ्सिर २०७७, १६ : ०१
आइतबार, ०७ मङ्सिर २०७७

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन स्वीकृतिका लागि ५८ वटा बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकमा पुगका छन् । आर्थिक वर्ष सकिएको ४ महिना वितिसक्दा इजाजतपत्रप्राप्त १ सय ४६ वटा बैंक तथा वित्तीय संस्थामध्ये ५८ वटा संस्थाहरु नेपाल राष्ट्र बैंकमा पुगेका हुन् । 

लेखापरीक्षण प्रतिवेदनका लागि त्यसरी आवेदन दिनेमध्ये १९ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक, १८ वटा फाइनान्स कम्पनी तथा १६ वटा लघुवित्त संस्था रहेका छन् । अहिले देशभर २७ वटा वाणिज्य बैंक, १८ वटा विकास बैंक, २० वटा फाइनान्स कम्पनी र ८१ वटा लघुवित्त संस्थाहरु अस्तित्वमा छन् । 

त्यसरी लेखापरीक्षको स्वीकृतिका लागि राष्ट्र बैंक पुगेकामध्ये ३४ वटा संस्थाको लेखापरीक्षलाई राष्ट्र बैंकले स्वीकृति दिएको छ । ११ वटा वाणिज्य बैंक, २ वटा विकास बैंक, १८ वटा फाइनान्स कम्पनी र ३ वटा लघुवित्त संस्थाको लेखापरीक्षण प्रतिवेदनलाई हालसम्म स्वीकृत गरिएको बैंकले जनाएको छ ।

 २५ वित्तीय संस्थाको लाभांश स्वीकृत
त्यस्तै राष्ट्र बैंकले हालसम्म ६ वटा वाणिज्य बैंक, ११ वटा फाइनान्स कम्पनी र ८ वटा लघुवित्त संस्थाले प्रस्ताव गरेका लाभांशलाई स्वीकृति दिएको छ । हालसम्म २९ वटा संस्थाले लाभांश स्वीकृतिका लागि निवेदन दिएकोमा कूल २५ वटा संस्थाको लाभांशले स्वीकृति पाएका हुन् । त्यसमध्ये ८ वटा वित्तीय संस्थालाई भने लाभांश प्रस्ताव संशोधन गर्न पठाइएको छ ।

लाभांशका लागि प्रस्ताव पठाएर पनि हालसम्म ४ वटा वाणिज्य बैंकले भने स्वीकृति पाएका छैनन् । त्यस्तै, ती बैंकहरुले गरेको लाभांश प्रस्ताव राष्ट्र बैंकले गरेको व्यवस्था अनुरुप भएको नपाइएपछि ती लाभांश प्रस्ताव विचाराधिन अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले पठाएको लाभांश प्रस्तावमध्ये केही बैंकहरुले मौद्रिक नीतिको व्यवस्था बमोजिम नगद लाभांशको सीमा ३० प्रतिशतको सीमा कायम राखेका छैनन् ।

 फाइनान्स कम्पनी गरेका प्रस्तावहरु जस्ताको त्यस्तै तथा लघुवित्त संस्था गरेका लाभांश प्रस्ताव भने संशोधनसहित पारित गरिएको छ । विकास बैंकहरुमा भने अहिलेसम्म कुनै पनि बैंकले लाभांश स्वीकृतिका लागि प्रस्ताव गरेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि मात्रै ती संस्थाहरुले साधारणसभाको मिति तय गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकमध्ये हालसम्म कुमारी, माछापुच्छ्रे, एभरेष्ट, नेपाल एसबीआई, स्ट्यान्डर्ड चार्टर्ड, सिटिजन्स, सानिमा, ग्लोबल आईएमई बैंक, एनआईशी एशिया र बैंक अफ काठमाण्डुले यस्तो लाभांश सार्वजनिक गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप