२४ घण्टामा १६६९ जनामा संक्रमण पुष्टि, ५६९९ निको
आइतबार, ०७ मङ्सिर २०७७, १६ : ३१
बितेको २४ घण्टामा देशभर १६६९ जनामा कोरोनाभाइरस संंक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिए । यस्तै ५ हजार ६९९ जना निको भएको उनले जानकारी दिए ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ