शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोना संक्रमण पुष्टि

आइतबार, ०७ मङ्सिर २०७७, १७ : ०४
आइतबार, ०७ मङ्सिर २०७७

बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४१५ महिला र ५४२ पुरुष रहेका छन् । 
यस्तै बितेको २४ घण्टामा देशभर भने १६६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिए । यस्तै ५ हजार ६९९ जना निको भएको उनले जानकारी दिए । 
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् । 

यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप