शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना सङ्क्रमणबाट जनस्वास्थ्य अधिकृतको निधन

आइतबार, ०७ मङ्सिर २०७७, १७ : २५
आइतबार, ०७ मङ्सिर २०७७

लहान । कोरोना भाइरस सङ्क्रमणका कारण आज सिरहामा जनस्वास्थ्य अधिकृतको मृत्यु भएको छ ।  सिरहाको कल्याणपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक ५० वर्षीय गौरीशङ्कर देवको उपचारका क्रममा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा मृत्यु भएको हो । 

सप्तरीको राजविराज नगरपालिका–२ निवासी जनस्वास्थ्य अधिकृत देवलाई करीब दुई साताअघि कोरोना पुष्टि भएपछि उपचारका लागि विराटनगरस्थित नोबेल अस्पतालमा भर्ना गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप