शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मोलुङ गाउँपालिकामा अस्पताल निर्माणको विषयमा विवाद

आइतबार, ०७ मङ्सिर २०७७, १७ : २९
आइतबार, ०७ मङ्सिर २०७७

सरकारले प्रत्येक स्थानीय तहमा १५ श्ययाको अस्पताल निमार्ण गर्न स्वीकृति प्रदान गरेको छ ।  सोही अनुरुप ओखलढुंगाका स्थानीय तहले पनि अस्पताल निमार्णको तयारी थालेका छन् । तर जिल्लाको मोलुङ गाउँपालिकामा बन्ने १५ श्ययाको अस्पताल निमार्णको विषयलाई लिएर स्थानीयमा असन्तुष्टि बढेको छ । 

गाउँपालिकाले नागरिकको मागलाई बेवास्ता गर्दै अपायक पर्ने स्थानमा अस्पताल बनाउन लागेको भन्दै वडा नम्बर ३ प्राप्चाका स्थानीयले असन्तुष्टि जनाएका हुन् । 
स्थानीयले गाउँपालिकाको केन्द्र प्राप्चामै अस्पताल निमार्ण गर्नुपर्ने माग गर्दै गाउँपालिका सहित नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराएका थिए । तर नागरिकको गुनासोलाई सुनुवाई नगरी गाउँपालिकाले वडा नम्बर दुई रामपुरमा अस्पताल निमार्णका लागि प्रकृया अगाडी बढाएपछि विवाद भएको हो । 

प्राप्चाका स्थानीय बालकृष्ण दाहालले स्थानीयले २७ रोपनी जग्गा निःशुल्क दिएपनि गाउँपालिकाले एकलौटी ढंगबाट रामपुरमा अस्पताल बनाउन प्रकृया अघि बढाएको बताए । 
गाउँपालिकाले नीति नियम विपरित कार्यपालिकाको बैठक नै नबसी अस्पताल वडा नम्बर दुई रामपुरमा निमार्ण गर्न लागेको प्राप्चाका अर्का स्थानीय तथा नेकपा जिल्ला सदस्य लेखनाथ फुयालले बताए । उनले गाउँपालिकाको हरेक कामहरु नीतिगत हुनुपर्ने र माथिल्लो निकायबाट आएको योजनामा पारदर्शीता हुनुपर्ने बताए । 

यसअघि पनि गाउँपालिका केन्द्रमा अस्पताल निमार्ण गर्नुपर्ने भन्दै गाउँसभाका सदस्यसहित करिब ५ सय बढी स्थानीयहरुले हस्ताक्षरसहितको मागपत्र गाउँपालिका अध्यक्ष मणिराज राईलाई बुझाएका थिए । 
तर अस्पताल निमार्णको विषयमा नागरिकको मागलाई भन्दा गाउँपालिकाले सुगमलाई हेरिएको स्थानीयको आरोप छ । वडागत हिसाबले समेत अस्पताल निमार्ण गर्न पालिकाकेन्द्रलाई उपयुक्त मानिएपनि सदरमुकाम नजिकको स्थान रामपुर बजारमा अस्पताल निमार्ण गर्न लागेको नेपाली काँग्रेसका नेता बिष्णु अधिकारीले बताए । आम नागरिकलाई पायक पर्ने स्थानीय गाउँपालिकाको केन्द्र भएपनि गाउँपालिकाले एकलौटी हिसाबमा अस्पतालमा रामपुरमा बनाउन लागेको उनको भनाइ छ । 

स्थानीय तहमा बन्ने अस्पताल गाउँपालिकाको केन्द्रमा बनाउन माग गर्दै स्थानीयले मन्त्रालयमा समेत निवेदन दिएका छन्। तर मन्त्रालयबाट गाउँ कार्यपालिकाको निणर्यबाट पास भएर आउनुपर्ने जवाफ आएको अधिकारीको भनाइ छ ।

यसैबीच गाउँपालिकाले भने अस्पताल निर्माण गर्ने विषयमा कुनै निर्णय नगरेको दावी गरेको छ । गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले गाउँपालिकाले कुनै नीतिगत निर्णय नगरेको र माथिबाट आएको निर्देशन अनुसार नै अघि बढेको प्रतिकृया दिए । सघन सहरी कार्यलयबाट रामपुरमा रहेको स्वास्थ्य चौकीलााई नै स्तरोन्नती गर्ने भनि निर्देशन आएको उनको भनाइ छ ।  हाल अस्पताल निमार्णका लागि गाउँपालिकाले रामपुरमा ९ रोपनी जग्गा जुटाइसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप