केन्द्रीय संस्करण

नेपाल इन्फ्रास्ट्रक्चर बैंक सबैभन्दा बढी आयकर बुझाए वापत आन्तरिक राजस्व कार्यालयबाट सम्मानित

person explore access_timeमंसिर ७, २०७७ chat_bubble_outline0

काठमाडौं । नवौं राष्ट्रिय कर दिवस २०७७को अवसरमा आन्तरिक राजस्व कार्यालयले सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सम्मान गरेको छ । 

नयाँ बानेश्वरमा आयोजित विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई सम्मान–पत्र प्रदान गरी कदर गरेको हो । उक्त सम्मान–पत्र आन्तरीक राजश्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरे ।

मिति २०७७ मंसिर ७ गते आन्तरिक राजस्व कार्यालय नयाँ बानेश्वरमा आयोजित ‘नवौं राष्ट्रिय कर दिवस २०७७’ विशेष कार्यक्रममा उक्त कार्यालयले आफ्नो क्षेत्राधिकारका करदाता मध्ये आ.व.२०७६/७७ मा सबैभन्दा बढी आयकर बुझाउने नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडलाई सम्मान–पत्र प्रदान गरी कदर गरेको छ ।

उक्त सम्मान–पत्र आन्तरीक राजश्व कार्यालय नयाँ बानेश्वरका प्रमुख कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयज्यूले बैंकका नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई हस्तान्तरण गरे ।

दीर्घकालिन स्रोत संकलन मार्फत देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको यस बैंकले गत मंसिर ३ गते दोस्रो वार्षिक साधारण सभा सम्पन्न गरी नियमनकारी निकायको स्वीकृति पश्चात निष्काशन हुने गरी जारी पूँजीको ४० प्रतिशतले हुने जम्मा आठ अर्ब रुपैयाँको शेयर संख्या आठ करोड सर्वसाधारणलाई निष्काशन गर्ने सम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.