शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीसँगको भेटपछि तीन सुरक्षा निकायका प्रमुख पुगे गृह मन्त्रालय

आइतबार, ०७ मङ्सिर २०७७, १७ : ४९
आइतबार, ०७ मङ्सिर २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको छलफलमा सहभागी भएलगत्तै सुरक्षा निकायका तीन प्रमुख गृह मन्त्रालयमा पुगेका छन् । आइतबार नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुख गृहमन्त्री रामबहादुर थापालाई भेट्न गृह मन्त्रालय पुगेका हुन् । 
सो अघि आइतबार दिउँसो चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीले सामूहिक छलफल गरेका थिए ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख डा गणेश अधिकारीसँग प्रधानमन्त्रीले छलफल गरेका हुन् । 

यद्यपी सुरक्षा निकायका प्रमुखसँग के विषयमा कुराकानी भएको भन्ने विषय सार्वजनिक गरिएको छैन । चारवटै सुरक्षा निकायका प्रमुखसँगको छलफल नियमित प्रक्रिया रहेको जनाएपनि पार्टीभित्र विवाद रहेको बेला भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सो लगत्तै तीन सुरक्षा निकायका अधिकारी गृह मन्त्रालय पुगेका हुन् । गृह मन्त्रालय स्रोतले भेटघाटलाई नियमित भएको प्रतिक्रिया दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप