शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नागरिकमा कर तिर्ने भावनाको विकास हुँदै गएको छः सचिव पुडासैनी

आइतबार, ०७ मङ्सिर २०७७, १८ : २२
आइतबार, ०७ मङ्सिर २०७७

राजस्व सचिव रामशरण पुडासैनीले कर प्रशासनमा सुधार भएकाले कर कानूनको परिपालिना र कर तिर्ने भावनाको विकास हुँदै गएको बताएका छन् । 
‘नवौं राष्ट्रिय कर दिवस २०७७’को अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका राजस्व सचिव पुडासैनीले कर प्रशासनमा भएको सुधारले कर कानूनको पालना हुनुका साथै नागरिकमा कर तिर्ने भावनाको विकास हुँदै गएको बताएका हुन् । 

कर प्रणालीको संयन्त्रमा निजी क्षेत्रबाट अपेक्षा अनुसारको सहयोग प्राप्त भएको बताए ।  यसबाट कर प्रशासनलाई आन्तरिक कारोबारमा आधारित कर प्रणाली तर्फ उन्मुख बनाउन सहज भएको उनको भनाइ छ । यस्तै करका दरहरुको पुनरावलोकनमा निजी क्षेत्रले उठाउँदै आएको मागहरुमा सरकारको ध्यान केन्द्रीत भएको पनि उनले बताए । यस्तै कर प्रशासनलाई थप प्रभावकारी बनाउन कर कम्लायन्समा ध्यान दिनुपर्नेमा समेत राजस्व सचिव पुडासैनीले जोड दिए । 

आर्थिक गतिविधि, भौगोलिक अवस्था, प्रशासनिक सुगमता तथा कर सम्भाव्यताको आधारमा संगठनात्मक पुनरसंरचना गर्दै नयाँ कार्यलयको विस्तार एवं स्तरोन्नतीमा आन्तरिक राजस्व विभागले जोड दिदै आएको छ । विभागले हाल देशभर ८४ वटा कार्यालय मार्फत आन्तरिक राजस्व सम्बन्धी सेवा प्रवाह गर्दै आएको छ । विभागका अनुसार आर्थिक वर्ष २०७६÷०७७ मा झण्डै १२ लाख करदाता थप भई कुल करदातासको संख्या ३५ लाख ७६ हजार भन्दा बढी पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप