शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रौतहटको देवाही गोनाही दलित टोलमा ७ घरमा आगलागी

आइतबार, ०७ मङ्सिर २०७७, १९ : ४७
आइतबार, ०७ मङ्सिर २०७७

रौतहटको देवाही गोनाही नपा ७ दलित बस्तिमा ७ घरमा आगलागी भएको छ । बिधुतको तार सर्ट भएर  स्थानीय जागरित राम,कृतराम रामप्रवेस राम सर्फलाल राम,प्रमोद महतो लागाय्त ७ जनाको घरमा आगलागी हुंदा १३ लाख बढिको क्षति भएको प्रहरीले जनाएको छ । 

आगलागी बाट ५ जनाको घर पुर्णरुपमा क्षति भएको र दुईजनाको आंशिक क्षति भएको ईलाका प्रहरी कार्यालय गोनाहिका प्रमुख ईन्स्पेक्टर मेदनी साहले बताए । 

आगलागी लगत्तै गएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगलागी नियन्त्रण भएको ईन्स्पेक्टर साहले जानकारी दिए ।

यसैबिछ आगलागी बाट घरबिहिन भएका परिवारलाई उपमेयर परनिया देवि पटेल र नेकपा नगर कमिटीले विभिन्न बन्दोबस्तीका सामानहरु  तत्काल सहयोग गरेको छ । 

उपमेयर पटेलको अगुवाइमा  पीडित परिवारलाई १२ बोरा चामल,६ थान बलैङ्केट,६ थान तृपाल,६ सेट भांडस,६ थान साडिसेट लुङी,गन्जी,गम्छा,झुल तन्ना  बितरन गरिएको छ । 

उक्त अवसरमा मेयर प्रत्यासि धर्मेन्द्र पटेल ,प्रेमलाल साह वडा अध्यक्ष जगरनाथ साह अनिल झा लागाययको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप