रोल्वालिङ अस्पतालमा शारीरिक रुपमा अशक्तलाई ५० प्रतिशत छुट
चरिकोट । दोलखाको उत्तरी क्षेत्र सिङ्गटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालले शारीरिक रुपमा अशक्त रहेका नागरिकको उपचारमा ५० प्रतिशत छुट दिदैं आएको छ । नेपाल सरकारबाट नागरिकलाई दिने सिएमसी, गर्भवती सेवा प्राइभेट अस्पताल रोल्वालिङ सामुदायिक अस्पतालले दिँदै आएको छ ।
दुर्गम गाउँमा रहेको अस्पतालले थाइराइडको चेकजाँच गरी एक घण्टामै नागरिकलाई रिपोर्ट दिने गरेको अस्पतालका प्रोपाइटर सुब्बा खड्काले जानकारी दिए । दुर्गम भेगका नागरिकले सुविधायुक्त स्वास्थ्य सेवा पाएका छन् ।
पन्ध्र श्ययाको सो अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक, शल्यक्रिया, सघन उपचार र प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा उपलब्ध गराउनुका साथै, विशेषज्ञ, फार्मेसी र फिजियोथेरापी सेवा तथा वातावरण व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ । दोलखाको कालीञ्चोक, बिगु र गौरिशङ्कर गाउँपालिकाका करीब ८० हजार नागरिक यो अस्पतालबाट लाभान्वित हुँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा