मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कस्तुप र कमलको ‘जिन्दगी घाम छाया’

सोमबार, ०८ मङ्सिर २०७७, १० : ४६
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । नेपाली सांगीतिक यात्रा विगत २ दशकदेखि क्रियाशील सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत ‘जिन्दगी घाम छाया’ सार्वजनिक भएको छ । गीत गायनमा पन्तलाई कमला पोखरेलले साथ दिएकी छन् ।
प्रकाश पौडेलको शब्द, गायक पन्तकै संगीत रहेको गीतमा संगीत संयोजन कमल सरगमले गरेका हुन् । 

गीतको आकर्षक म्युजिक भिडियो बनेको छ । जसमा आशिर प्रताव जंग र सारिका केसीको अभिनय देख्न सकिन्छ । भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईको सम्पादन र कपिल लामाको निर्देशन छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप