शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अङ्गुर अमिलो थियो

सोमबार, ०८ मङ्सिर २०७७, ११ : ५०
सोमबार, ०८ मङ्सिर २०७७

 

 

एक दिनको कुरा हो, एउटा फ्याउरो धेरै नै भोकाएको थियो । उसले सिकारको निक्कै खोजी गर्यो तर फेला पार्नै सकेन । खानेकुराको खोजीमा ऊ धेरैतिर डुल्यो । तर केही पनि फेला पार्न सकेन ।

डुल्दै जाँदा ऊ एउटा अङ्गुरको बोटमुनि आइपुग्यो । बोटमा लटरम्म अङ्गुर फलेको थियो । पाकेको, रसिलो अङ्गुर देखेर उसको मुख रसायो, भोकाएको पेट गुडुडु करायो । ऊसले अङ्गुर खाएर भोक मेट्ने विचार गर्यो ।

अङ्गुर टिप्न त्यो फ्याउरो उफ्रियो । तर अङ्गुर अलि माथि फलेको थियो । उसले भेट्टाउन सकेन । धेरै पटक उसले कोसिस गर्यो तर अहँ, मरिगए पनि अङ्गुर टिप्नै सकेन ।

भोकाएको पेट, उफ्रँदा उफ्रँदा फ्याउरो लखतरान पर्यो । उसले आशा मार्यो । उसको अङ्गुर खाने विचार सफल हुन सकेन । निराश भएर फ्याउरो त्यहाँबाट अन्तै लाग्यो । तर अन्त लाग्दै गर्दा आफैँलाई चित्त बुझाउँदै फ्याउँरो बड्बडायो– मैले त्यो अङ्गुर नखाएर राम्रै गरेँ । पक्कै पनि त्यो अमिलो थियो । खाएको भए बेकारमा बिरामी मात्रै पर्थें ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप