बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीद्वारा सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन

सोमबार, ०८ मङ्सिर २०७७, १४ : ०८
सोमबार, ०८ मङ्सिर २०७७

ताप्लेजुङ । प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको आज उद्घाटन गरेका छन् । घुन्सा फाउण्डेशनद्वारा निर्मित सो भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा आइपुगेका हुन् । भवन उद्घाटनअघि उनले छिमेकी चीनसँगको सीमा क्षेत्र ओलाङचुङ्गोला क्षेत्रको हवाई निरीक्षण पनि गरेका थिए ।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङलगायत घुन्सा आएका छन् ।
जिल्लाको दुर्गम घुन्सामा २०७१ सालमा  स्वास्थ्य एकाइ स्थापना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप