शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा छलफल भैरहेको छः सभामुख सापकोटा

सोमबार, ०८ मङ्सिर २०७७, १४ : ५३
सोमबार, ०८ मङ्सिर २०७७

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताएका छन् । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताएका हुन् ।

सोमबार सिंहदरबारस्थित संसद सचिवायलमा नेपाली काँग्रेसका नेता मोहनप्रसाद पाण्डेलाई प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गराएपछि पत्रकारहरुसँग कुराकानी गर्दै सभामुख सापकोटाले एक महिना भित्र संसद् अधिवेशन सुरु हुने गरी छलफल भइराखेको बताए ।

उनले भने– ‘अब नयाँ अधिवेशन करिब करिब १ महिना पछाडि सुरु हुन्छ । कुराकानी चल्दै छ । सकेसम्म अगाडी नै चलाउनका लागि कुराकानी चल्दैछ ।’ कोरोना महामारीका कारण संसद चलाउने सम्बन्धमा विभिन्न विकल्पमा समेत छलफल भइराखेको उनले बताए ।

हिउँदे अघिवेशनमा सरकारले ल्याएका अध्यादेशबारे पनि छलफल हुने सभामुख सापकोटाले प्रष्ट पारेका छन् । उनले भने– ‘पछि ती अध्यादेशहरुमा सदनमा छलफल हुने नै छ । सकेसम्म चाँडो सदन राख्नका लागि छलफल चल्दै छ ।’

संसद अधिवेशन नबोलाइएकोमा सरकार र संसदको नेतृत्वमाथि आलोचना भइरहेको अवस्थामा सभामुख सापकोटाले छिट्टै अधिवेशन बोलाउने तयारी भइरहेको बताएका हुन् । बजेट पारित भएपछि सकिएको संसद अघिवेशन अहिलेसम्म पनि आव्हान हुन सकेको छैन् । संसद अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आव्हान गर्ने व्यवस्था छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप