शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतीबारे बोले जोनी लिभर, ‘ड्रग्सको ट्रेन्ड रोक नभए इन्डष्ट्रि...’

सोमबार, ०८ मङ्सिर २०७७, १५ : ४६
सोमबार, ०८ मङ्सिर २०७७

टिभीकी चर्चित हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बचिया ठूलै समस्यामा फसिसकेका छन् । भारती र उनका श्रीमान् हर्ष लिम्बाचियालाई एनसीबीले पक्राउ गरेको छ । त्यसपछि दुबैलाई मुम्बईको किला कोर्टले ड्रग्स केसमा न्यायिक हिरासतमा राख्ने निर्णय सुनाएको छ । यद्यपि, भारती र हर्षले अदालतमा आफ्नो जमानतको निवेदन दिएका छन्, यसको सुनुवाई सोमबार हुँदैछ । 

भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा पठाइएको छ । भारती सिंहलाई कल्याण जेलमा राखिनेछ भने हर्षलाई टलोजा जेल पुर्याइनेछ । 

भारती सिंह ड्रग्स केसमा फसेपछि हास्यकलाकारबारे इन्डष्ट्रिमा व्यापक कुराकानी भइरहेको छ । हालै हास्यकलाकार राजू श्रीवास्तवले भारतीमाथि आफ्नो असन्तुष्टि पोखेका थिए । अब जोनी लिभरले भारती सिंह र हर्ष लिम्बाचियाको गिरफ्तारी र ड्रग्स सेवनबारे आफ्नो धारणा राखेका छन् । साथै उनले दुबैसँग एक अपिल पनि गरेका छन् ।

 जोनी लिभरले टाइम्स अफ इन्डियासँगको कुराकानीमा भने, ‘म भारती र हर्षलाई एउटा कुरा मात्रै भन्न चाहन्छु । जब तपाईंहरु बाहिर आउनुहुन्छ तब सँगै काम गर्ने साना वा ठूला हरेक कलाकारलाई ड्रग्स सेवन नगर्न आग्रह गरिदिन विन्ति गर्छु ।’

जोनी लिभरले थपे, ‘सञ्जय दत्तलाई हेर्नुहोस् । उनले संसारको अगाडि ड्रग्स सेवन गर्ने गरेको कुरा स्विकार्दै  यसबाट छुटकारा पाएको कुरा पनि साझा गरेका थिए । योभन्दा ठूलो उदाहरण अरु के हुनसक्छ र ? आफ्नो गल्ती स्विकार गर्नुहोस् र ड्रग्स छोड्ने कसम खानुहोस् । यो केसका लागि तिमीलाई कसैले फूलको गुच्छा दिन आउनेछैन ।’

जोनी लिभरले अहिले ड्रग्सको सेवन पहिला रक्सी सेवन जस्तै भएको बताए । उनले भने, ‘रक्सी सजिलै पाइन्थ्यो र धेरै पार्टीको आयोजना हुन्थ्यो । मैले पनि रक्सी पिउने गल्ती गरेको छु । जब मलाई रक्सीले मेरो क्षमता र सृजनशीलतालाई नष्ट गरिरहेको छ भन्ने महसुस भयो, तब मैले पिउन छोडेँ ।’

ड्रग्स प्रयोगको विषयमा जोनीले भने, ‘तर आजको समयमा सृजनशील मानिसहरुमा ड्रग्सको सेवन सीमा नाघिसकेको छ । र यदि तपाईं ड्रग्स खाएको आरोपमा समातिनु भयो भने सोच्नुहोस् त तपाईंको परिवारमा के बित्ला ? जसले तपाईंको कहानी टिभीमा हेरिरहेका छन् । यदि यो ड्रग्स लिने प्रक्रिया यसरी नै चलिरह्यो भने पूरा इन्डष्ट्रि खराब हुनेछ ।’

जोनी लिभर थप्छन्, ‘त्यसैले म आफ्ना विद्यार्थीलाई ड्रग्सजस्ता चिजबाट टाढै बस्न भन्छु । किनभने जेल जानेछौ र जेल हामीजस्ता सृजनशील मानिसहरुका लागि सही स्थान होइन । ड्रग्स लिनु कमजोरीको निशान हो र यसले तपाईंको स्वास्थ्य र नामलाई खराब गर्छ । यसले तपाईंको करियर पनि नष्ट गर्छ । हामीले सिनियरबाहेक हाम्रा जुनयिरलाई पनि ड्रग्स सेवन नगर्न सल्लाह दिनुपर्छ । नभए हाम्रो इन्डष्ट्रि खराब हुनेछ । ’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप