शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता छन् एन्टिबायोटिक औषधिबारे ४ भ्रम र यर्थाथ

सोमबार, ०८ मङ्सिर २०७७, १८ : ३४
सोमबार, ०८ मङ्सिर २०७७

कोरोनाभाइरस कोभिड—१९ का संक्रमित होम आइसोलेशन बस्नेको संख्या बढेसँगै लक्षणका आधारमा एन्टिबायोटिक औषधि सेवन गर्ने पनि बढेका छन् । होम आइसोलेशनमा बस्दा लक्षणका आधारमा एन्टिबायोटिक औषधि सेवन गरेपछि कुनै पनि रोगलाई निको पार्छ भन्ने धारणाको विकास भएको चिकित्सकहरुले बताउँदै आएका छन् । 

एन्टिबायोटिक औषधि सेवन गरेपछि कुनै पनि रोगलाई निको पार्छ भन्ने कुरा यद्यपी यथार्थ नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
एन्टिबायोटिकले ब्याक्टेरियाहरुले गर्दा हुने रोगहरुलाई मात्र निको पार्न सक्छ  । होम आइसोलेशनमा बस्नेहरुले लक्षणको आधारमा चिकित्सकको सल्लाहविना एन्टिबायोटिक औषधि सेवन गर्दा झन स्वास्थ्यमा समस्या बढ्ने स्वास्थ्यकर्मीहरुले बताउँदै आएका छन् । के हुन त एन्टिबायोटिक औषधि  सेवन बारे भ्रम यर्थाथ ।

भ्रम : एन्टिबायोटिक कुनै पनि रोगलाई निको पार्न सक्छ  !
यर्थाथ : एन्टिबायोटिक ब्याक्टेरियाहरुले गर्दा हुने रोगहरुलाई मात्र निका पार्न सक्छ ।

भ्रम : सबै भन्दा महँगो एन्टिबायोटिक सबैभन्दा राम्रो हो  !
यर्थाथः सस्तो र पहिलै देखि चालिआएको एन्टिबायोटिक जस्तैपेनिसिलिन अझै पनि ब्याक्टेरिया संक्रमण विरुद्ध लड्न धेरै उपयोगी छ । 

भ्रम : जुन एन्टिबायोटिक भन्दा धेरै ब्याक्टेरियाहरु मार्छ त्यो नै उत्तम हुन्छ !
यर्थाथः मानिसको शरीरमा धेरै प्रकारका ब्याक्टेरियाहरु हुन्छन् । तीमध्य केही ब्याक्टेरिया मानिसको लागि फाइदाजनक हुन्छ । यदि एन्टिबायोटिकले ती लाभदायक ब्याक्टेरियाहरुलाई समेत माछै भने त्यसले श्रवास्थ्यमा नकारात्मक असर  पार्न सक्छ । 

भ्रम : पहिला प्रयोग गरेको जुनसुकै एन्टिबायोटिक अझै पनि प्रयोग गर्न सकिन्छ  ! 
यर्थाथ : पहिले निर्धारित एन्टिबाइोटिक चिकत्सिकको सल्लाह बिना अरुले तथा आफैले पनि फेरि प्रयोग गर्नु हुँदैन, किनकि हरेक उपचार प्रत्येक व्यक्ति तथा रोगको लागि फरक हुन्छ । एन्टिबायोटिक सेवन गर्दा चिकित्सकको सल्लाह अनुसार मात्र र अवधिलाई ध्यान दिएर सेवन गर्नु पर्दछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप