शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

११ वर्षीया बालिका करणी गरी फरार प्रतिवादी ४ वर्षपछि पक्राउ

सोमबार, ०८ मङ्सिर २०७७, १९ : १७
सोमबार, ०८ मङ्सिर २०७७

रौतहट । रौतहटमा जबर्जस्ती करणीको आरोपमा फरार एक अभियुक्तलाई ४ वर्षपछि पक्राउ गरिएको छ । २०७३ फागुन ९ गते वृन्दावन नगरपालिकामा ११ वर्षे बालिकालाई जबरजस्ती करणी गरी फरार वडा नं. ४ का दानी राय यादवका छोरा ३२ वर्षीय नागेश्वर राय यादवलाई ईलाका प्रहरी कार्यालय समनपुरको टोलीले  पक्राउ गरेको हो ।

आइतबार अपरान्ह साढे चार बजे गढीमाई नगरपालिका–१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना ६४ प ४५०३ नं.को पल्सर मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । अभियुक्त यादवलाई आज रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराई कानुनी कार्वाही सुरु गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप