बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पानीको हाहाकार भएको गाउँमा खानेपानी वितरण गर्दै चम्पादेवी गाउँपालिका

सोमबार, ०८ मङ्सिर २०७७, १९ : ४२
सोमबार, ०८ मङ्सिर २०७७

ओखलढुंगा । ओखलढुंगाको चम्पादेवी गाउँपालिकाकाका घर–घरमा धारामार्फत खानेपानी पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन् । वर्षाैदेखी खानेपानीको हाहाकार जीवन भोगिरहेका नागरिकलाई गाउँपालिकाले यस वर्षको नीति तथा कार्यक्रममार्फत खानेपानी वर्ष घोषणा गरेर खानेपानी वितरण अभियान शुरु गरेपछि गाउँपालिकावासी उत्साहित बनेका हुन् ।

गाउँपालिकाका नागरिकले वर्षौदेखि देखेका सपना बल्ल आएर पुरा भएको छ । गाउँपालिकाले घर घरमा खानेपानी धारा जडान गरेपछि स्थानीयवासी दङ्ग परेका छन् । अन्य स्थानीय तहको तुलनामा शुद्ध खानेपानी र बिजुलीको सहज उपभोग गर्न नपाएका नागरिकहरु घरमै पानी आएपछि बर्षाैदेखीको दुःखलाई बिर्सिएको चम्पादेवी गाउँपालिका ३ का स्थानीय सुशीला बुढाथोकीले बताईन् । ‘पहिले पहिले दिन माया मारेर पानी लिन खाजा लिएरै जानुपथ्र्यो, अब त सुखको अनुभूति गरियो । यस्तो सुख्खा ठाउँमा पनि घरघरमै पानी आएको छ ।’

गाउँपालिकाका अधिकाँश बस्तीमा पानीका मुहान नभएपछि गाउँपालिकाले लिफ्टिङ प्रविधिलाई विकल्पका रुपमा अघि सारेको हो । धेरै गाउँमा यस्तै समस्या रहेकाले खानेपानीका अरु योजनाहरु समेत लिफ्टिङ प्रविधिबाटै सञ्चालन गर्ने तयारी गरिएको छ । उपभोक्ता समितिमार्फत आयोजना सञ्चालन गरेर कोशीको पानी मोटरमार्फत तानेर गाउँगाउँमा वितरण गरिएको चित्रे भागे लिफ्टिङ खानेपानी उपभोक्ता समितिका सचिव अमिर बुढाथोकीले बताए । ‘यस्तो ठाउँमा पनि कसरी पानी आउँछ भन्नेहरुनै अहिले पानी आएको भनेर नाग्ने गरेको देखियो, गरे सबै सम्भव रहेछ ।’

यस गाउँपालिका खानेपानीसँगै अन्य विकासका पूर्वाधारले समेत पछि परेको गाउँपालिका हो । यसैलाई मध्यनजर गर्दै चम्पादेवी गाउँपालिकाले चालू आर्थिक वर्षमा गौरवका आयोजना भनेर खानेपानी, बिजुली र सडकलाई प्राथमिकतामा राखेको छ । पानीका मुहानै नभएका क्षेत्रमा लिफ्टिङ प्रविधिबाट पानी तानेर खानेपानी वितरणको काम शुरु गरिएको चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए  ।

गाउँपालिकाको ३ नं. वडाबाट खानेपानी वितरण सुरु गरेको गाउँपालिकाले अन्य ९ वटै वडामा पानी पुर्याउने गरि काम शुरु गरेको छ । यसवर्ष गाउँपालिकाले नीति तथा कार्यक्रमै राखेर बजेट समेत विनियोजन गरेको छ । अब गाउँपालिकाले घोषणा गरेको ‘एक घर, एक धारा’ अभियान सफल पार्न काम सुरु भएको गाउँपालिकाले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप