बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा ५२ जना कोरोना संक्रमित थपिए

सोमबार, ०८ मङ्सिर २०७७, २१ : ०९
सोमबार, ०८ मङ्सिर २०७७

कैलाली । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षण बाट ५२ जनामा कोरोना  संक्रमण पुष्टि भएको छ ।

आज सेतीप्रादेशिक अस्पताल प्रयोगशाला बाट गरिएको परिक्षणमा ३७ ,डडेल्धुरा  अस्पतालको प्रयोगशालाबाट १५ जनामा संक्रमण पुस्टी भएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
पष्टि हुनेमा कैलाली का ४१, कञ्चनपुरका ३,डडेल्धुराका ७, दार्चुलाका १ , डोटीका ३  जना रहेको उनले बताए । 

हालसम्म १ लाख १५ हजार ८८१  स्वाबको नमुना जाच गरिएकोमा १० हजार ८१७ कोरोना संक्रमण फेला परेको उनले बताए । १ लाख ५ हजार ६४  स्वाब नमुनाको नतिजा नेगेटिभ आई सकेको उनको भनाइ छ । 

अझै  ६ सय ७२ नमुना संकलन भएका नतिजाको रिजल्ट आउन बाँकी छ भने ३६ जना कोरोना संक्रमित को मृत्यु भई सकेको कार्कीले जानकारी दिए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप