शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जीवनमा कहिल्यै गर्न नहुने ३ काम

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०८ : ३७
मङ्गलबार, ०९ मङ्सिर २०७७

एजेन्सी – चाणक्य योग्य शिक्षक हुनुका साथसाथै एक कुशल अर्थशास्त्री पनि हुन् । यसका साथै उनी विभिन्न विषयमा पोख्त पनि थिए । उनीसँग मानव जीवनमा आइपर्ने विभिन्न समस्याका हल गर्ने उपायहरु पनि थिए । 

चाणक्यका अनुसार व्यक्ति स्वयंले आफ्नो आचरण र बानी ब्यवहारलाई लिएर गम्भीर हुन आवश्यक छ । असल आचरणका कारण नै व्यक्ति महान बन्न सक्छ । तर जो व्यक्तिको आचरण नराम्रो छ त्यो व्यक्ति कहिल्यै प्रशंसाको पात्र बन्न सक्दैन । कुनै पनि व्यक्तिलाई उसको सुन्दर आचरण र बानीले सुन्दर बनाउँछ । 

चाणक्यका अनुसार गलत आचरणका व्यक्तिलाई समाजमा कहिल्यै सम्मान गरिदैन । गलत ढंगले प्राप्ती गरेको सफलताको कुनै पनि स्थान हुँदैन । जो व्यक्ति सफल हुनका लागि अनुचित तरिका अपनाउँछ । त्यो व्यक्ति केही समयका लागि प्रशंसायोग्य भएपनि उसको वास्तविकता पत्ता लागेपछि लज्जित हुन पुग्छ । 

सफल हुनका लागि झुठको साहारा 
चाणक्यका अनुसार मानिसहरु थोरै लाभ र सफल हुनका लागि झुुठको साहारा लिने गर्छन् । तर त्यस्ता व्यक्तिलाई अपजस प्राप्त हुन्छ । किनकी झुठ एक न एक दिन पत्ता लाग्छ । त्यसैले झुठ बोलेर कुनै पनि सफलता प्राप्त गर्दा लज्जित हुनुपर्ने हुन्छ । समाजमा यस्ता व्यक्तिहरुलाई राम्रो मानिँदैन र त्यस्ता व्यक्ति विश्वासको लायक पनि हुँदैनन् । 

धोका 
चाणक्यका अनुसार कुनै पनि व्यक्तिलाई धोका दिनुहुँदैन । धोका दिने व्यक्तिलाई समाजमा राम्रो नजरले हेर्नृे गरिदैन । जो व्यक्ति आफ्नो स्वास्र्थका लागि साथीभाई, नातेदार, आफन्तलाई धोका दिन्छ । त्यस्ता व्यक्तिलाई कहिल्यै राम्रो हुँदैन । जो व्यक्तिले तिमीलाई अगाडि बढाउन मद्दत गरेको हुन्छ त्यस्ता व्यक्तिलाई धोका दिनुहुँदैन । 

रिस
रिसले सफलता पाउन मुस्किल हुन्छ । जो व्यक्ति रिस देखाउँछ र अरुको अपमान गर्छ । त्यस्ता व्यक्तिलाई समाजमा कहिल्यै सम्मान मिल्दैन । रिसले स्वयंलाई नोक्सान पुर्याउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप