मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल कन्सुलेट भिक्टोरियाको १२ औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय गीत सार्वजनिक

मङ्गलबार, ०९ मङ्सिर २०७७, ०८ : ४४
मङ्गलबार, ०९ मङ्सिर २०७७

अस्ट्रेलियाको भिक्टोरियास्थित नेपाली महावाणिज्यदूत कार्यालयले आफ्नो १२ औं वार्षिकोत्सवको अवसरमा एक राष्ट्रिय गीत सार्वजनिक गरेको छ । पत्रकार एवम् साहित्यकार निरु त्रिपाठीको शब्द, न्यू बज्राचार्यको संगीत र अस्मिता अधिकारीको स्वरमा ‘चन्द्र स्रय अंकित मेरो देश’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको हो । 

उक्त गीतको अधिकांश भिडियो मेलबर्नमा नै छायांकन गरिएको छ भने गीतमा समृद्धि (साम) हाडा, साहुल गजमेरलगायतको अभियन गरेको हो । 

महावाणिज्यदूत चन्द्र योन्जनले नेपाली भाषा, संस्कृति, पर्यटन र व्यवसाय प्रवर्द्धन सँगै नेपाली गीतको पनि प्रवर्द्धन गर्नुपर्ने भन्ने लागेर यो गीत प्रस्तुत गरिएको बताए । 
कार्यालयले हरेक वर्ष नेपाल पर्यटन प्रवर्द्धन गर्दै आएपनि यसपाली कोरोनाको महामारीले सम्भव नहुँदा संगीतको सहारा लिइएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप