शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भीरबाट लडेर १३ दिनको शिशुसहित महिलाको मृत्यु

मङ्गलबार, ०९ मङ्सिर २०७७, ११ : १६
मङ्गलबार, ०९ मङ्सिर २०७७

सोमबार साँझ डडेल्धुरामा भीरबाट लडेर १३ दिनको शिशुसहित एक महिलाको मृत्यु भएको छ । धामीझाँक्रीकोमा झारफुक गर्न जाने क्रममा लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख डीएसपी महेन्द्र नेपालका अनुसार मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–२ बगालकी ३५ वर्षीया पुतलीदेवी भुल रहेकी छिन् । पुतलीदेवी मणिलेक ढोब्डेनाको भीरबाट लडेकी नेपालले बताए ।

‘आफ्नो गाउँबाट अर्को गाउँमा झारफुक गर्न जाने क्रममा साथमा १३ दिनको शिशुसहित पुतलीदेवी भीरबाट लडेकी हुन्,’ नेपालले भने, ‘घटनास्थलमै उनीहरुको मृत्यु भएको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप