बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशद्वारा होमस्टे पूर्वाधार विकासका लागि परियोजना प्रस्ताव आह्वान

एउटा होमस्टेले अधिकतम ८ लाख पाउने
मङ्गलबार, ०९ मङ्सिर २०७७, १२ : ४३
मङ्गलबार, ०९ मङ्सिर २०७७

कास्की । गण्डकी प्रदेश सरकारले होमस्टे पूर्वाधार विकासका लागि होमस्टे परियोजना प्रस्ताव आह्वान गरेको छ । प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै प्रदेशभित्र सञ्चालित सामुदायिक होमस्टेहरुलाई परियोजना प्रस्तावका लागि सार्वजनिक आह्वान गरेको हो । 

यस्तो प्रस्ताव प्रदेश सरकारको विनियोजित बजेटको सीमा भित्र रही प्रत्येक होमस्टे परियोजनाका लागि अधिकतम ८ लाखका दरले बढीमा १६ वटा होमस्टेलाई मात्र छनोट गरिने मन्त्रालयले जनाएको छ । 
गण्डकी प्रदेश सरकारको वार्षिक कार्यक्रम अनुसार होमस्टे पूर्वाधार विकासका लागि चालु आ.व २०७७/७८ को बजेटबाट कार्यान्वयन हुने गरी गण्डकी प्रदेश अन्तर्गत सञ्चालित सोही आर्थिक वर्षका लागि छनोट भई सम्झौताको चरणमा रहेका ११७ वटा सामुदायिक हामेस्टे बाहेक अन्य सामुदायिक होमस्टेहरुलाई परियोजनाको प्रस्ताव पेश गर्न मन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ । 

सोही सूचना मार्फत मन्त्रालयले प्रस्ताव पेस गर्न कम्तीमा १० वटा घरवासहरु जोडिएर बनेको सामुदायिक होमस्टे हुने पर्ने, सामूदायिक हामेस्टे दर्ता प्रमाणपत्र नवीकरण भएको हुनुपर्ने, परियोजना प्रस्तावको अधिकारप्राप्त निकायबाट ड्रोइङ, डिजाइन तथा लागत अनुमान गरिएको हुनुपर्ने, पूर्वाधार विकास कार्यक्रमको मात्र प्रस्ताव पेश हुनुपर्ने लगायतका सर्तहरु राखेको छ । 

यी सबै प्रक्रिया पु¥याई प्रस्ताव हाल्न चाहने होमस्टेले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र अर्थात् मंसिर २३ गतेसम्म प्रस्ताव पेस गर्न सक्नेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप