शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कसरी हुन्छ विचार पुस्तान्तरण र नेतृत्व हस्तान्तरण ?

मङ्गलबार, ०९ मङ्सिर २०७७, १४ : ४७
मङ्गलबार, ०९ मङ्सिर २०७७

विचार सूर्यझैँ एकाबिहानै उदाउँदैन, नेतृत्व रातारात जन्मिँदैन । तर समाज विकासका नियमित चरणहरूमा त्यसको उच्चतम विकासको ठोस अभिव्यक्तिका रूपमा केही प्रतिभाशाली मानिस जन्मिन्छन् । कुनै पनि मानिस जन्मजात विचारक वा नेता बनेका  हुँदैन । तर सर्वसाधारण जनताको बीचबाट जन्मिएको भए पनि केही मानिस आफ्नो विशिष्ट गुण, क्षमता र भूमिकाका उजागर गरेर अग्रपङ्क्तिमा उभिन्छन्, नयाँ नेतृत्वको रूपमा उदाउँछन् । कुनै पनि राज्य व्यवस्था वा राजनीतिक पार्टी जन्मजातै पूर्ण लोकतन्त्रवादी या समाजवादी बनिसकेको हुँदैन् । सङ्घर्ष, अन्तर्सङ्घर्षबाट जन्मिएर आन्दोलन, विद्रोह र क्रान्तिको बलिभेदीबाटै पैदा भएर वा ऐतिहासिक घटनाक्रम सँगसँगै विकास भएर मात्र त्यसको औचित्य, आवश्यकता र सम्भवना सिर्जना हुन्छ । समग्र विश्वलाई हेर्ने, जीवन र जगतका चालक नियमहरूको अध्ययन गर्ने, बुझ्ने, व्याख्या गर्ने, त्यसलाई लागू गर्ने विचार र नेतृत्व, राज्य व्यवस्था र राजनीतिक पार्टी फ्याट्ट उब्जिने शक्ति वा रातारात देशभित्र र संसारभर फैलिने जादु होइन । त्यसको आफ्नै समय सीमा, नीति, विधि र विकास प्रक्रिया हुन्छ । त्यसैगरी विचार र नेतृत्व, राज्य व्यवस्था र राजनीतिक पार्टी सर्वकालिक, अकाटय र अपरिवर्तनीय हुँदैनन् । पुनः अलोकन, पटकपटक परीक्षण, एकता, सङ्घर्ष, रूपान्तरण र नवीन प्रयोगद्वारा पुनर्पुष्टि गर्दै अरू विकसित हुँदै जान्छ । यो कुरामा विशेष ध्यान दिएर कुनै पनि राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक एवं सामरिक घटना, परिघटना, दुर्घटना, विषय वस्तु, समस्या, चुनौती र सम्भावना माथि सुझबुझपूर्ण, तर्कसङ्गत, लोकतान्त्रिक र वैज्ञानिक चरणहरू पूरा गरेपछि मात्रै विचार र नेतृत्व, राज्य व्यवस्था र राजनीतिक पार्टीको बारेमा सही निष्कर्ष निकाल्न सकिन्छ । राजनीतिक चिन्तन, राजनीतिक प्रणाली, राजनीतिक पार्टी, राजनीतिक नेतृत्व र समग्र राजनीति ठीक नहुँदासम्म अरू कुनै पनि नीति पूर्ण रूपमा ठीक हुन सक्दैन, ठीक भए पनि त्यो लागू हुन सक्दैन । एक्काइसौँ शताब्दीको चमत्कारक विज्ञान, प्रविधि र आधुनिक सञ्चार प्रणालीले अहिले राजनीतिक चिन्तन प्रणाली, राजनीतिक शासन प्रणाली, राजनीतिक पार्टी, राजनीतिक नेतृत्व विकास प्रणाली र समग्र राजनीतिमा ठूलो परिवर्तन गरिदिएको छ । असन्तुलन र अस्थिरताको लामो इतिहासबाट गुज्रिएको नेपाली समाजमा केन्द्रित भएर खुला चिन्तन मनन गर्दा २००७ साल यता अग्रगामी दिशाको परिवर्तन २०४६ सालदेखि गतिवान र सघन बन्दै गएको छ र खासगरी २०५२ सालदेखि २०६२÷०६३ सालको राजनीतिक उथलपुथलपछि परिवर्तनले गुणात्मक फड्को मारेको छ । यसैमा खुसीको कुरा नेपाल गणतन्त्र युगमा प्रवेश गरेसँगै  विचार र नेतृत्व, राज्य व्यवस्था र राजनीतिक पार्टीको बारेमा नेपालमा फेरि नयाँ बहस सुरु भएको छ । वस्तुगत धरातलमा उभिएर कुनै पनि वस्तु वा घटनाको ठोस विश्लेषण गर्ने, आन्तरिक र बाह्य, प्रमुख र सायक कुरा छुट्याउने र त्यसभित्र लुकेको गुदी कुरा पहिल्याएर ठोस निष्कर्ष निकल्ने कार्य अत्यन्त संवेदनशील र जटिल हुन्छ । त्यो कार्य पूरा गर्न कुनै पनि चिन्तक वा नेता सफल हुन्छ या असफल बन्छ, त्यो अन्य कुराले भन्दा पनि मूलतः दृष्टिकोणले नै निर्धारण गर्छ । दृष्टिकोण भनेको दुई आँखाले नदेख्ने तेस्रो दृष्टि हो । जसले दिमागभित्र इतिहास, वर्तमान र भविष्यको सजीव मार्गचित्र कोरिदिन्छ, बदलिँदो समय परिस्थितिअनुसार नयाँ बाटो देखाइदिन्छ । यतिबेला यो देशमा पूर्ण लोकतान्त्रिक राज्य प्रणाली, राजनीतिक स्थायित्व, सुशासन, सामाजिक न्याय, चुस्तदुरुस्त कार्य प्रणाली, उत्पादन अभिवृद्घि, दक्ष जनशक्ति, तीव्र विकास, स्थायी शान्ति र समृद्घि सुनिश्चित गर्दै समाजवादमा अघि बढ्नका लागि सबभन्दा उन्नत विचार र दूरदृष्टि भएको सबल नेतृत्वको खाँचो खड्किएको छ ।

युग बदलिएको छ, नयाँ युगमा क्रान्तिको नयाँ मोडेल चाहिएको छ । नेपाल नै एक्काइसौँ शताब्दीको पहिलो समाजवादी मुलुक बन्ने सुनौलो सम्भावना छ । तर समाजवादको बाटो सीधा, छोटो र सजिलो छैन, जतिसुकै प्रतिकुलता झेल्नु परे पनि समाजवादी यात्रा रोकिँदैन । समाजवाद भनेको परिवर्तनको प्रवाह हो । यो सुदूर टाढा छैन । अबको पहिलो राजनीतिक खुड्किलो हो समाजवाद । यसैकारण युगले त्यसको नेतृत्व गर्ने नयाँ युगद्रष्टा खोजेको छ । राजतन्त्रको विघठनसँगै पुरानो सामन्ती विचार पूर्णतः अतितको विचार भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उदयसँगै नेपाल नयाँ युगमा प्रवेश गरेको छ । संविधानमै समाजवाद लेखिएपछि पुँजीवादी विचार पत्तनोन्मुख, समाजवादी विचार क्रमिक रूपमा सत्य उन्मुख बन्दै छ । यो सामान्य, पुरानो र नियमित कुरा होइन, असमान्य, विशिष्टि र नौलो परिघटना हो । अब नेताहरूले इतिहासका टुक्का सुनाएर, राजनीतिक क्रान्तिका भाषण गरेर मात्र देश चल्दैन । देशको सङ्कट र जनताको कष्ट टार्ने क्षमता चाहिन्छ । आर्थिक क्रान्ति, सांस्कृतिक क्रान्ति, वैज्ञानिक क्रान्ति गर्ने दृष्टिकोण चाहिन्छ । भ्रष्टचार शून्य, गरिबी न्यूनीकरण, शिक्षा, स्वस्थ्य र रोजगारीको अधिकार जनजीवनमा लागू नगरी संविधानमा लेखिएको समाजवादको कुनै अर्थ छैन । जनताको दैनिक जीवनमा काँचुली नफेरी समृद्घ नेपाल, सुखी नेपाली नारा लगाउनुको कुनै औचित्य छैन । युग सुहाउँदो राजनीतिक चिन्तन, पूर्ण लोकतान्त्रिक राज्य प्रणाली, दूरदृष्टि भएको राजनीतिक नेतृत्वपङ्क्ति र अन्य सबै नीतिको प्रतिनिधित्व गर्ने समग्र राजनीति नै आजको युगको माग हो, जनताको चाहाना हो, देशको आवश्यकता हो, राजनीतिक पार्टी त त्यसलाई परिपूर्ति गर्ने माध्यम मात्र हो र राज्य सत्ता साध्य होइन, देशको विकास र जनताको सेवा गर्ने साधान मात्र हो । यसबारेमा कम्युनिस्ट पार्टीले स्पष्ट नीति अघिसार्नु पर्छ र नेतृत्वले त्यसलाई सिर्जनात्मक रूपमा लागू गर्न ठोस कदम चाल्नुपर्छ ।

नेपालमा गुट, उपगुट नभएको राजनीतिक पार्टी अस्तित्वमै छैन । गुटबन्दी गर्न नजान्ने सोझा नेताहरूको स्थिति हरेक पार्टीभित्र दयानीय छ । गुट, उपगुट निश्चित व्यक्तिको स्वार्थमा आधारित हुन्छन् । ती गुट, उपगुट विभिन्न स्वार्थ पूरा गर्ने विषयमा केन्द्रित हुन्छन् । बाहिर गुट, उपगुटको सबैले विरोध गर्छन् तर प्रत्येक पार्टीभित्र सबैजसो आफ्नै गुट उपगुटमा रमाउँछन् । यो सबै राजनीतिक कर्मीले धेरै थोरै भोगेको कुरा हो ।

२००७ सालदेखि हालसम्मको सात दशक लामो सङ्क्रमण अन्त्य गरेर पटक पटकको मात्रात्मक परिवर्तनलाई गुणात्मक परिवर्तन गरी समाजवादमा फड्को मार्ने सुनौलो अवसर पहिलो पटक नेपाल कम्युनिस्ट पार्टीले पाएको छ । कम्युनिस्ट पार्टी विचार प्रवाह हो, राजनीतिक आन्दोलन हो, राज्य सञ्चालन गर्ने राजनीतिक संयन्त्र हो । जनताको नेतृत्व गर्ने, समाजवाद, साम्यवाद विकास गर्ने राजनीतिक शक्ति हो । यो गतिशील युगमा यदि कम्युनिस्ट पार्टी विघठन, विचलन र पतन भयो भने फेरि कम्युनिस्ट आन्दोलन पुनर्जीवित हुने अनुकूल स्थिति रहन सक्दैन । मुलुकको बागडोर समाल्ने ऐतिहासिक जिम्मेवारी पाइरहेको नेपाल कम्युनिस्ट पार्टीको मूल नेतृत्वले अब दर्शन र सिद्घान्तको बाहाना बनाएर जनताको बहुदलीय जनवाद र एक्काइसौँ शताब्दीमा जनवादको डङ्का पिटेर, विवादित रणनीति र कार्यदिशाको बखेडा झिकेर, नमिल्ने कार्यनीति र कार्यशैलीको ओकालत गरेर, एकले अर्काको हुर्मत काडेर, संसदीय व्यवस्था र सुधारवादको आहलमा डुबेर, विद्रोह र क्रान्तिकोे धङधङीमा बाह्र हात उफ्रेर पार्टी फुटाउने दुस्साहास गरे त्यो आत्मदाह हुनेछ । पार्टीको नीति, विधि, पद्घति अवज्ञा गरेर उच्च विचार, सामाजिक मूल्य, मान्यता आदर्श र नैतिकतालाई तिलाञ्जलि दिएर अल्पमत र बहुमतका आधारमा, फरक विचार र स्वभावका आधारमा ठीक, बेठीक, अशल, खराब किटान गरेर राज्यसत्ताको मोजमस्तीमा रणभुल्ल हुने, आफ्नो आकाङ्क्षा पूरा गर्न अलग अलग समूह, गुट, उपगुटमा रमाउने वा पार्टी फोड्ने दुष्कर्म गरेर शङ्कैशङ्कामा लङ्का जलाउनेहरूको पतन अवश्यम्भावी छ ।

हो, नेपालमा गुट, उपगुट नभएको राजनीतिक पार्टी अस्तित्वमै छैन । गुटबन्दी गर्न नजान्ने सोझा नेताहरूको स्थिति हरेक पार्टीभित्र दयानीय छ । गुट, उपगुट निश्चित व्यक्तिको स्वार्थमा आधारित हुन्छन् । ती गुट, उपगुट विभिन्न स्वार्थ पूरा गर्ने विषयमा केन्द्रित हुन्छन् । बाहिर गुट, उपगुटको सबैले विरोध गर्छन् तर प्रत्येक पार्टीभित्र सबैजसो आफ्नै गुट उपगुटमा रमाउँछन् । यो सबै राजनीतिक कर्मीले धेरै थोरै भोगेको कुरा हो । कुनै पनि नेताले गुटबन्दी गर्नु भनेको अर्को पक्षलाई गुटबन्दी गर्नका लागि परिस्थिति निर्माण गर्नु हो । पार्टीको आन्तरिक लोकतन्त्र चुस्त दुरुस्त, हृष्टपुष्ट, नियमित, व्यवस्थित नहुँदासम्म गटबन्दी चलिरहन्छ । पार्टीको अस्तित्व रहुन्जेल गुटबन्दी पूर्ण रूपमा अन्त्य हुँदैन । यो कुरामा विशेष ध्यान दिएर उच्च राजनीतिक संस्कृति विकास गर्न कम्युनिस्टहरू उदहरणीय प्रेरणा पात्र बन्नु पर्छ । तर कम्युनिस्ट नेताहरूको चिन्तन, चरित्र भने त्यसको ठीक उल्टो गुटबन्दीमै रनभूल्ल भएको देखिन्छ । अब कम्युनिस्ट पार्टीले बहुदलीय राज्य प्रणाली, स्वच्छ र स्वस्थ आन्तरिक लोकतन्त्र र विचारको प्रतिस्पर्धा सामाजिक संस्कृतिको अङ्ग जस्तै बनाउन सक्नुपर्छ । 

जीवनको लामो कालसम्म जेलनेल भोगेका, ठूलठूला आन्दोलन र विद्रोहमा त्यागी, असल र इमानदार ठहरिएका सोझा नेता पनि सत्ता र शक्तिमा पुगेपछि खराब पात्र बनेका अनेक उदाहरण सार्वजनिक भएका छन् ।

नेपालको पछिल्लो राजनीतिक इतिहास हेर्दा २००७ सालदेखि २०६२/०६३ सालसम्म पटक पटक साना ठूला राजनीतिक क्रान्ति भएका छन् तर ती क्रान्ति प्रतिक्रान्तिमा बदलिएका छन् । यसको मूलकारण के हो ? यसैमा केन्द्रित भएर खुला चिन्तन, मनन, अध्ययन, अन्वेषण र विश्लेषण गर्ने हो भने यो देशले दूरगामी सोच भएका स्वप्नद्रष्टाहरू जन्माउन, इतिहास, वर्तमान र भविष्यको सजीव मानचित्र कोर्ने युगद्रष्टा विकसित गर्न बलिदानीपूर्ण आन्दोलन, लडाइँ र विद्रोहद्वारा प्राप्त ऐतिहासिक उपलब्धी संस्थागत गरेर एक्काइसौँ शताब्दीको उन्नत चेतना, लोकतान्त्रिक प्रणाली,  विज्ञान, प्रविधि र सूचना तथा सञ्चार प्रणाली प्रयोग गरेर उत्पादन अभिवृद्घि, तीव्र विकास र समृद्घिमा गुणात्मक फड्को मार्न किन सकेको छैन ? यो सीधा प्रश्नको सीधा जबाफः राजतन्त्र अन्त्य भयो, सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भयो । तर सत्ता र शक्तिको दुरुपयोग गर्ने जीर्ण सामन्ती चिन्तन भने नेताहरूको दिमागबाट अझै हटेको छैन । अहिले पनि नेपाली राजनीतिमा पुरानै प्रचलन चल्दै छ । जीवनभरि नेता बन्ने, आफूबाहेक अरू कसैलाई योग्य र सक्षम नदेख्ने, सम्पूर्ण सत्ता र सिङ्गो पार्टीलाई आफ्नो बिर्ता जस्तै ठान्ने, आफू बाहेक अरू सबैलाई अयोग्य र असक्षम देख्ने अलोकतान्त्रिक मनोवृत्ति युग सुहाउँदो देखिँदैन । वर्तमान नेतृत्वमा अहिलेको भद्रगोल छिचोलेर, ढुलमुल, अस्थिर र अस्तव्यस्तता अन्त्य गरेर भ्रष्टचार, दुष्कर्म र दण्डहीनता नियन्त्रण गरेर, अराजकता, विभाजन र विचलन निषेध गरेर, साम, दाम, दण्ड, भेदको कुरूप चरित्रबाट शिक्षा लिएर सुशासन, सामाजिक न्याय र समृद्घिमा आधार निर्माण गरेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने भिजन नै छैन । प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका लागि लडेर राज्य सञ्चालन गर्ने उच्च तहमा पुगेका राजनीतिक पार्टी र पटकख पटक सिंहदरबारमा राज गरेका नेताहरूको राजनीतिक जीवनमा यति धेरै विकृति, विसङ्गति र विचलन थुप्रिएको छ कि लोभीपापी, स्वार्थी ढोँगीहरूले आफूहरूलाई लडाएको, गुट, उपगुट प्रयोग गरेर आफ्नो पार्टीलाई फुटाएको, आफूहरूलाई बदनाम गरेर, आफ्नो पार्टीलाई प्रयोग गरेर सत्ता र शक्तिको दुरुपयोग गरेको टुलुटुल हेर्न बाध्य बनेका छन् । दलाल नै राज्य सञ्चालकको किचेन क्याबिनेटको सदस्य बनेर मुलुकमा ब्रह्मलुट मच्चाएका छन् । जीवनको लामो कालसम्म जेलनेल भोगेका, ठूलठूला आन्दोलन र विद्रोहमा त्यागी, असल र इमानदार ठहरिएका सोझा नेता पनि सत्ता र शक्तिमा पुगेपछि खराब पात्र बनेका अनेक उदाहरण सार्वजनिक भएका छन् ।

हिलेसम्मको राजनीतिक घटना, परिघटना, दुर्घटनाको ऐतिहासिक विकाक्रमलाई हेर्दा संसारका अन्य शक्तिशाली मुलुकमा जस्तै हाम्रो देशमा पनि नविन सोचसहितको सबल नेतृत्व विकासको सुनौलो सम्भावन छ । फरक विचार वा फरक पक्षका जनता र प्रतिद्वन्द्वीका बीचमा गएर राम्रो आचरण र व्यवहारले प्रभावित पारी धेरैलाई नजिक ल्याउन प्रयास गर्नु, सत्ताको पदमा रहँदा सबैलाई राष्ट्र निर्माणमा परिचालन गर्नु, विपक्षहरूप्रति कुनै अभद्र व्यवहार नहोस् भनी सतर्क रहनु, नियुक्तिहरूमा निर्धारित नियम र मापदण्डहरूको पूर्ण पालना गर्नु, आफू जस्ता र आफूभन्दा अझ सक्षम व्यक्तित्व खोजी गर्नु, नवीन सोच, लोकतान्त्रिक विधि, प्रक्रिया, नयाँ नीति, नियम, आचारसंहिता जनशैली व्यावहारिक रूपमै अनुसरण गरेर देश र जनताको हितमा जीवन समर्पित गर्नु नेतृत्वको चरित्र हो ।

नेपाली राजनीतिकको सम्पूर्ण इतिहास नै षड्यन्त्रका अनगिन्ती घटना, परिघटना र दुर्घटनाले भरिएको छ । आजकल फेरि सम्भावित दुर्घटनाको सन्त्रास यत्रतत्र फैलिँदै गएको छ । अहिले नेताको राजनीतिक जीवनमा रोग एउटा लागेको छ तर ओखती अर्कै खोजिँदै छ । यो प्रतिगमन र प्रतिक्रान्तिको अशुभ सङ्केत हो । जातिवादी, नश्लवादी, धर्मवादी, क्षेत्रवादी, पृथक्तावादी, राजावादी तत्त्व ‘राजा आऊ, देश बचाऊ’ भन्ने पुरानै नारा लगाएर सङ्घीय प्रणाली नै राष्ट्रियताको खतरा हो भन्ने भ्रम फैलाएर जनता फुटाउने, जनता लडाउने र नेपालमा अस्थिरता मच्चाउने दुष्कर्म अहिले खुला रूपमा चलेकाचाल्यै छ । यो खतराको घण्टी हो । जनयुद्घ लडेका विद्रोहीहरू, जनआन्दोलन, मधेश विद्रोह र विभिन्न सङ्घर्षमा उत्रिएका आन्दोलनकारीहरू पूर्ण सजग बन्नै पर्छ । यो सङ्क्रमणकालको अन्तिम चरणमा नेपाली राजनीतिमा फेरि अर्को ब्रेकथ्रु गर्नैपर्छ । अब पुरानै ढर्राबाट राजनीति चल्दैन । शीतल निवास, बालुवाटार धाउने, विदेशी शक्तिलाई रिझाउने, सिंहदरबारमा रमाउने, मुलुकमा ब्रह्मलुट मच्चाउने, सत्ता र शक्तिको दुरुपयोग गर्न नपाए धम्क्याउने क्रुर शासक प्रशासकहरूको अब यो देशमा कामै छैन । यसबारेमा यो वा त्यो रूपमा जीवनभरि सत्ता र शक्तिमा रमाइरहेका अहिलेका जीवित नेता के गर्दैछन्, के बोल्दैछन् र उनीहरूले आफ्नो दिनचर्य कसरी गुजार्दै छन् ? करोडौँ सर्वसाधारण जनमानसदेखि नागरिक समाज, विद्वान्, बुद्घिजीवी र राजनीतिकर्मीले हरक्षण टिभीमा हेरिरहेका छन्, रेडियो सुनिरहेका छन्, पत्रपत्रिका पढिरहेका छन्, अनलाइन, युटुब, सामाजिक सञ्जालमा चिहाइरहेका छन् । ती नेताहरूका राजनीतिक दस्तावेज, सर्कुलर, निर्देशिका, भेटवार्ता र बैठकमा अभिव्यक्त विचार यत्रतत्र सर्वत्र छचल्किएका छन् । उनीहरूको अभिरुचि र स्वार्थ के हो, त्यो सबैले थाहा पाएका छन् ।

निश्चित रूपमा राष्ट्र, राष्ट्रियता, राज्य प्रणाली, देश, जनता र राजनीति पार्टीलाई पुराना अनुभव त जरुर चाहिन्छ । तर नवीन ज्ञानले निर्देशित नभई ती अनुभव पूर्ण बन्दैनन् । त्यसैमा युवापङ्क्तिको नयाँ जोस, जाँगर थपेर समृद्घ राष्ट्र निर्माणमा अघि बढ्नुपर्छ । राज्यका सबै तह र राजनीतिक पार्टीका केन्द्रदेखि स्थानीय तहसम्म जिम्मेवारी र कार्यभार व्यवस्थापन गर्दा पनि योग्यता, क्षमता र योगदानलाई उच्च महत्त्व दिने, इमानदार, सक्षम र नैतिकवान्लाई काम दिने परिपाटी विकास गर्नुपर्छ । अहिलेसम्मको राजनीतिक घटना, परिघटना, दुर्घटनाको ऐतिहासिक विकाक्रमलाई हेर्दा संसारका अन्य शक्तिशाली मुलुकमा जस्तै हाम्रो देशमा पनि नविन सोचसहितको सबल नेतृत्व विकासको सुनौलो सम्भावन छ । फरक विचार वा फरक पक्षका जनता र प्रतिद्वन्द्वीका बीचमा गएर राम्रो आचरण र व्यवहारले प्रभावित पारी धेरैलाई नजिक ल्याउन प्रयास गर्नु, सत्ताको पदमा रहँदा सबैलाई राष्ट्र निर्माणमा परिचालन गर्नु, विपक्षहरूप्रति कुनै अभद्र व्यवहार नहोस् भनी सतर्क रहनु, नियुक्तिहरूमा निर्धारित नियम र मापदण्डहरूको पूर्ण पालना गर्नु, आफू जस्ता र आफूभन्दा अझ सक्षम व्यक्तित्व खोजी गर्नु, नवीन सोच, लोकतान्त्रिक विधि, प्रक्रिया, नयाँ नीति, नियम, आचारसंहिता जनशैली व्यावहारिक रूपमै अनुसरण गरेर देश र जनताको हितमा जीवन समर्पित गर्नु नेतृत्वको चरित्र हो । राजनेताहरू त झन कुनै पार्टी विशेषको सदस्य भए पनि उनी केवल एउटा पार्टीको मात्र होइन, सिङ्गो देशको, सम्पूर्ण जनताको हुन्छ । यो कुरामा नेपालका सबै राजनीतिज्ञ र आमजनसमुदायसमेत पूर्ण आशावादी हुन जरुरी छ ।

यो वैज्ञानिक युग हो । प्रत्येक मानिसको हत्केलामा विश्व घुमिरहेको छ । यो गतिशील संसारमा देश चलाउने राजनीतिले मात्र पुग्दैन । अन्तर्राष्ट्रिय जगतमा फैलिने राजनीति चाहिन्छ । यसका लागि कस्तो राष्ट्रिय नीति विकास गर्ने, कुन खालको अन्तर्राष्ट्रिय नीति अघि सार्ने भन्ने सवालको जबाफ दिने सबभन्दा लोकतान्त्रिक र वैज्ञानिक राज्य प्रणाली चाहिन्छ । हो, अहिलेको जमनामा सोच्न, बुझ्न, निर्णय गर्न, कार्यान्वयन गर्न सक्ने एक मात्र चिन्तनशील प्राणी मानिस संसारभरि नै छरिएर स्थायी, अस्थायी बसोवास गरे पनि कुनै न कुनै रूपमा एकअर्कासँग जोडिएको हुन्छन् । मुख्यतः विचार नै विश्वभरिका मानिसलाई एकअर्कासँग जोड्ने सबभन्दा संवेदनशील मानवीय गुण हो । मानव जातिको हितमा अघि सारिएको कुनै पनि विचार एक, दुई व्यक्ति, सानो गुट, समूह वा निश्चित भगोलमा मात्रै सीमित हुँदैन, त्यसले ठूलो आकार लिन्छ, देश विदेशमा फैलिन्छ । वास्तवमा विचार निश्चित मूल्य, मान्यता र दृष्टिकोणमा आधारित हुन्छ । जब कुनै विचार सम्पूर्ण मानिसको पक्षमा, देश र दुनियाँको हितमा केन्द्रित हुन्छ तब त्यसले संसारमा नयाँ सन्देश दिन्छ । बदलिँदो समय परिस्थिति, वैज्ञानिक युगको माग, देशको आवश्यकता र जनताको चाहाना र परिर्वतनको गतिलाई बुझेर विचार पुस्तान्तरण, नेतृत्व हस्तान्तरण गर्ने सबभन्दा लोकतान्त्रिक र वैज्ञानिक प्रणाली कुन हो ? त्यो वैज्ञानिक समाजवाद हो भनेर विकास गर्ने महान कार्यमा संसार बदल्ने महान आदर्श बोकेका महान नेताहरूले यतिबेला विशेष ध्यान दिन जरुरी छ ।  

लेखक नेकपाका केन्द्रीय सदस्य हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप