अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाको खोप नेपाल ल्याउन भारतीय कम्पनीसँग छलफल गर्दै सरकार
नेपालमा कोरोनाविरुद्धको खोप ल्याउन भारतको सिरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई) का प्रमुख अधिकृत आदर पुनावालसँग छलफल गर्ने तयारी गरेको छ । पुनावालाले केही दिनअघि एउटा टेलिभिजन अन्तरवार्तामा कोभिड खोपका लागि नेपाल र बंगलादेशलाई समेत उच्च प्राथमिकतामा राखेको बताएपछि यताबाट सम्पर्क सुरु गरिएको थियो ।
खोप बनाउने विश्वकै सबैभन्दा ठूलो कम्पनी एसआईआईले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) द्वारा मान्यता प्राप्त सस्तो खोप १ सय ७० मुलुकमा आपूर्ति गर्छ ।
स्वास्थ्य मन्त्रालयले खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खाप शाखाका प्रमुख डा. झलक शर्मा गौतमलाई भर्चुअल बैठक राखेर पुनावालासँग खोपको विषयमा छलफल गर्न निर्देशन दिएको छ । एसआईआईले अक्सफोर्ड विश्वविद्यालय र एन्ट्राजेनेकाले विकास गरेको खोप उत्पादन गर्ने सम्झौता गरेको छ ।
उक्त खोपलाई एसआईआईले कोभिसिल्ड नामले निर्माण गरिरहेको छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको निगरानीमा यसको परीक्षण चलिरहेको छ । सफल परीक्षण हुनासाथ नेपाल ल्याउन सहज हुने सरकारको बुझाइ छ । स्रोतका अनुसार सीईओ पुनावालासँग केही दिनमै कुरा हुनेछ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह