मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

बाबु–छोरा विवादः कुमार सानूले भने, ‘जानको कुरा सुनेर दुःख लाग्यो, उसलाई बंगला दिएँ, निर्माता–निर्देशकसँग भेटाएँ’

बुधबार, १० मङ्सिर २०७७, ०९ : ४८
बुधबार, १० मङ्सिर २०७७

जान कुमार सानूले ‘बिग बस’ को घरमा खासै केही गर्न पाएनन् तर घरबाट बाहिर निस्किएपछि उनी आफ्नो नीजि सम्बन्धका कारण चर्चामा छन् । जान कुमार सानूले कार्यक्रमबाट बाहिरिएपछि आफ्ना पिता कुमार सानूमाथि निशाना साँधेका छन् । जानले आफूलाई पिताले आफ्नो लालनपालनबारे प्रश्न उठाएको र यसमा उनलाई कुनै अधिकार नभएको बताएका छन् । उनका अनुसार यस्तो यसकारण किनभने एक पिताको रुपमा कुमार सानूले कहिले पनि उनका दाइ र उनकी आमाको जिम्मेवार उठाएनन् । अब यो मामिलामा कुमार सानूको पनि जवाफ आएको छ । दिग्गज गायकले छोराको कुरा सुनेर आफूलाई असाध्यै नराम्रो लागेको बताएका छन् । जहाँसम्म जिम्मेवारीको कुरा छ आशिकी बंगलादेखि महेश भट्टसँग मिलाएको भन्दै आफूले जानका लागि धेरै कुरा गरेको बताएका छन् । 

मैले जानको लालनपालनमा प्रश्न उठाएको होइनः
बलिउड लाइफसँगको कुराकानीमा सानूले भने, ‘सबैभन्दा पहिला त सबैजनाले त्यो भिडियो हेर्नुहोस् । मैले त्यहाँ कतै पनि लालनपालन भन्ने शब्द बोलेको छैन । मैले ‘नालायक’ कुरा गर्नुहुँदैन मात्र भनेको छु । नालायक कुरा, मैले उसलाई नालायक भनेको छैन । अर्को कुरा महाराष्ट्रमा बसिरहनुभएको छ भने मराठी र महाराष्ट्रको सम्मान गर्नुपर्छ र यो ज्ञान उसलाई दिनुपर्दथ्यो । मैले यत्तिमात्रै भनेको हुँ । उसले उसको पिताले केही गरेनन् भनेको सुन्दा मलाई साह्रै दुःख लागेको छ ।’

जानकी आमाले मसँग जे मागिन्, मैले त्यो सबै दिएँः
कुमार सानूले थपे, ‘यदि उसले पिताले कुमार सानू नाम दिनेबाहेक अरु केही गरेनन् भनिरहेको छ भने ऊ त्यतिबेला असाध्यै सानो थियो, त्यसैले उसलाई केही थाहा छैन । तर जब सन् २००१ मा मेरो उनकी आमासँग सम्बन्धविच्छेद भयो, उसकी आमालाई जतिपनि कुरा चाहिएको थियो, त्यो सबै मैले दिएँ । रिटा भट्टाचार्यले अदालतमार्फत् जे पनि माग गरिन्, चाहे त्यो मेरो आशिकी बंगला नै किन नहोस्, मैले त्यो पनि दिएँ । साथै, मेरो छोरा र मेरो भेट भइरहन्छन् तर बिग बसपछि म उसलाई भेट्दिनँ । उसले चाहेको खण्डमा पनि । ’


जानले भने, ‘बाबा शोमा लिनुहोस्, मैले शोमा लिएँ ’
कुमार सानूका अनुसार उनी कहिले पनि जान बिग बोसमा जाने पक्षमा थिएनन् । उनका अनुसार उनले शोमा इन्ट्रि हुनु अघि पनि जानलाई भेटेका थिए । तर शोमा जानलाई असाध्यै रुची भएकोले उनले यसका लागि अडिशन दिए । उनले थपे, ‘त्यसपछि जानले मलाई बाबा मलाई शोमा लिनुहोस् भनेर आग्रह गर्यो, त्यसपछि हामीले लियौं । उसले म्युजिक डायरेक्टरलाई, निर्मातालाई भेटाइदिन भन्यो, मैले उसलाई महेश भट्ट, रमेश तौरानी र थुप्रै मानिसहरुलाई भेटाएँ ।’

‘यदि मैले केही नगरेको भए जान यति ठूलो कसरी भयो ?’
कुमार सानूले भने, ‘यदि मानिसहरुले जानलाई काम दिन्छन् वा दिँदैनन्, त्यसमा उनीहरुकै मर्जी । यो जानको आफ्नै क्षमता हुनेछ । मलाई यसबारे केही भन्नु छैन । ’
उनी प्रश्न सोध्छन्, ‘अब तपाईं नै भन्नुहोस्, के मैले उसलाई नामबाहेक केही दिइनँ होला, उसको लागि केही गरिनँ होला । आज ऊ यत्ति ठूलो भएको छ, कसरी भयो ? ऊ त्यतिबेला निकै सानो थियो, उनीहरुको घरमा त्यतिबेला कोही कमाउँदैनथे । त्यसैले जब मैले यो सबै सुन्छु तब मलाई नराम्रो लाग्छ ।’

मलाई कोरोना भयो, उनीहरुको घरबाट कसैले फोनसमेत गरेनन्ः
कुमारले आफू कोरोनाद्वारा संक्रमित भएको र त्यतिबेला उनले वा उनकी आमा कसैले पनि एक कलसमेत नगरेको बताए । उनले भने, ‘अहिले पनि जानले मलाई एकपटक पनि सोधेको छैन । हेर्नुहोस्, प्रेम एकतर्फी हुँदैन र एक हातले ताली पनि बज्दैन । उनीहरुलाई केही चाहिएका बेला, मसँग प्रेमले बोल्छन् । अब बिग बस आएपछि उसले भिन्न कुरा गरिरहेको छ । कहिले म उनका लागि राम्रो हुन्छु, कहिले उनी आफूलाई भाग्यमानी ठान्छन् कि कुमार सानू उनका पिता हुन् । त्यसपछि पुनः भन्छन् कि ड्याडी निकै खराब छन् । ६० वर्षभन्दा माथिको उमेरमा यो सबै सुन्नु परिरहेको छ ।’

म अब यो कुरामा पुनः पर्न चाहन्नँः
कुमार सानू यत्तिमा मात्रै रोकिएनन् । उनले थपे, ‘मैले दोस्रो विवाह गरेपछि आफ्नो परिवारसँग २० वर्षदेखि शान्तिले बसिरहेको थिएँ । म अब यी सबैमा पुनः पर्न चाहन्नँ । यदि उनीहरुलाई लाग्छ कि मैले उनीहरुलाई केही दिएको छैन, मैले सबैकुरा सार्वजनिक रुपमा भनिसकेको छु । मसँग यी कुराको प्रमाण पनि छ ।’
 
 

 

 


 


 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप