
भारतीय कलाकार विश्वमोहनको निधन

मुम्बई । भारतीय कलाकार विश्वमोहन बडोलाको निधन भएको छ । उनको निधनको खबर उनका छोरा बरुण र पत्नी राजेश्वरी सचदेव बडोलाले सामाजिक सञ्जालमार्फत् बाहिर ल्याएका हुन् । बरुणले सामाजिक सञ्जालमा एक भावुक पोष्ट गर्दै बुबालाई श्रद्धान्जली दिएका छन् ।
बिश्वमोहनले अल इन्डिया रेडियोको लागि करिब ४०० नाटकमा काम गरेका छन् । यसको अलवा उनले फिल्म ‘जोधा अकबर’, ‘मुन्ना भाई एमबीबीएस’, ‘लगे रहो मुन्ना भाई’ र ‘प्रेम रतन धन पायो’मा समेत काम गरेका छन् ।
पछिल्लो समय बिश्वमोहन फिल्म ‘मिसिङ्ग’मा देखिएका थिए । बिश्वमोहनको छोरा बरुण पनि बलिउडका चिरपरिचत अभिनेता हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ