शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

२७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

बुधबार, १० मङ्सिर २०७७, ११ : ०६
बुधबार, १० मङ्सिर २०७७


नियमित कार्यक्रमअन्तर्गत आज र भोली राष्ट्रिय भिटामिन ‘ए’ खुवाइँदै छ । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ कार्यक्रम रहेको परिवार कल्याण महाशाखाले जनाएको छ । भिटामिन ‘ए’ सँगै जुकाको औषधि र पोषण तत्त्वले बनेको बालभिटा खुवाउने कार्यक्रमका साथै बालबालिकाको पाखुराको नापसमेत आज र भोलि लिइने छ ।

६ देखि ५९ महिनाका बालबालिकाहरूलाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई जुकाको औषधि र ६ देखि २३ महिनासम्मका बालबालिकालाई पोषक तत्त्व बालभिटा ख्वाउने कार्यक्रम रहेको महाशाखाले जनाएको छ ।

२७ लाख बालबालिकाले भिटामिन ‘ए’ क्याप्सुल पाउने छन् भने  ६ लाख बालबालिकाले बालभिटा र २४ लाख बालबालिकाले जुकाको औषधि दुई दिनको अवधिमा खुवाइने महाशाखाले जनाएको छ ।  भिटामिन ’ए’ कार्यक्रम देशभरका ५२ हजार स्वास्थ्य स्वयमसेविका सक्रियतामा दुई दिने कार्यक्रम सम्पन्न हुने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप