शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीसँग रोमान्टिक डान्स भिडियो सेयर गर्दा ट्रोल भइन् अंकिताः यतिसम्म भनियो

बुधबार, १० मङ्सिर २०७७, १३ : ५०
बुधबार, १० मङ्सिर २०७७

अभिनेत्री अंकिता लोखन्डे आजकाल धेरैजसो प्रेमी विक्की जैनसँग आफ्नो तस्बिर र भिडियो सोसल मिडियामा सेयर गरिरहन्छिन् । हालै उनले विक्कीसँग दिवाली सेलिब्रेट गरेकी थिइन् जसका थुप्रै तस्बिर उनले इन्स्टाग्राम अकाउन्टमा सेयर गरिन् । अब उनले विक्कीसँगको एउटा डान्स भिडियो पोस्ट गरेकी छिन् जसले असाध्यै चर्चा बटुलिरहेको छ । 

यो भिडियोमा यी दुबै सेतो रङको नाइट ड्रेसमा रितिक रोशनको फिल्म ‘ब्याङ्ग–ब्याङ्ग’ को टाइटल ट्र्याकमा डान्स गरिरहेको देखिएका छन् । यहि भिडियो अहिले निकै चर्चित भइरहेको छ । भिडियोले दुबै सकारात्मक र नकारात्मक प्रतिक्रिया पाएको छ तर यसमा धेरैले नकारात्मक टिप्पणी गरेका छन्, विशेषगरी सुशान्त सिंह राजपूतका प्रशंसकले । त्यसैले त उनलाई ट्रोल गर्न पछि परेनन् । 

अंकितको यो भिडियो हेरेपछि एक प्रयोगकर्ताले लेखे, ‘अर्थात्, सुशान्तका लागि न्याय सबै नाटक थियो ।’ यस्तै अर्का एक प्रयोगकर्ताले लेखे, ‘यस्तो लागिरहेको छ कि तिमीले सुशान्तको मजाक उडाइरहेकी छौ र उनको मृत्युको उत्सव मनाइरहेकी छौ ।’ 

यस्तै अर्का प्रयोगकर्ताले लेखे, ‘तपाईंबाट यस्तो आशा गरेको थिइनँ ।’

अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘अंकिता ठिक छ, तिमी आफ्नो जीवनमा अघि बढिसकेकी छौ र सुशान्तलाई बिर्सिसकेकी छौ तर कृपया तिमी आफ्नो खुसी आफैंसँग राख्न सक्छौ ?’

यस्तै, अर्की प्रयोगकर्ताले लेखेकी छिन्, ‘यो देखेपछि अब म तिमीलाई अनफलो गर्दैछु ।’

साथै अर्की इन्स्टाग्राम प्रयोगकर्ताले लेखेकी छिन्, ‘यिनीहरुलाई फरक नै पर्दैन । हाम्रो सुशान्त सिंहको मृत्युको फाइदा उठाएकी मात्र हुन्, त्यसैले त उनी बितेको एक महिनासम्म केही पोस्ट गरिनन् । अब जब कसैले पनि उनलाई औंला उठाइरहेको छैन तब आफ्नो वास्तविकतामा आएकी छिन् । ’

यस्तै अर्का प्रयोगकर्ताले लेखेका छन्, ‘हाहा, तिमीलाई जति मन लाग्छ नाच्न सक्छौ तर तिमीले भित्रै देखि के बुझ्न जरुरी छ भने तिम्रा यहाँ सबै फलोअर्स सुशान्त सिंह राजपूतका फ्यान हुन् र उनकै फलोअर्सले तिमीलाई फलो गरिरहेका छन् । उनको मृत्युपछि पनि उनकै प्रशंसकले तिमीलाई समर्थन गरिरहेका छन् । उनको फ्यानबेस निकै राम्रो छ र तिमीले जतिबेला यस्ता कुराहरु पोस्ट गर्छौ, यी कुरा याद राख्नुपर्छ । ’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप