बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ बानेश्वरमा बैंकका सुरक्षा गार्डलाई खुकुरी हानेर भाग्ने पक्राउ

बुधबार, १० मङ्सिर २०७७, १४ : ४६
बुधबार, १० मङ्सिर २०७७

राजधानीको नयाँ बानेश्वरस्थित ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेर भाग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असोज २९ गते बैंकका सुरक्षा गार्ड रुद्र बहादुर गुरुङलाई खुकुरी प्रहार गरेर फरार भएका काठमाडौं महानगरपालिका थापागाउँ बस्ने ३१ वर्षीय शशि थापालाई प्रहरीले पक्राउ गरेको हो । 

महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो । 

बैंकका रकम झिक्ट गएका थापाले सुरक्षा गार्डलाई एकाएक खुकुरी प्रहार गर्दा सुरक्षा गार्ड गम्भीर भएका थिए भने त्यसलगत्तै उनी फरार भएका थिए । 
प्रहरीले थापामाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी प्रमेश विष्टले जानकारी दिए । 

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप