
गार्डलाई खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ज्यान मार्ने उद्योगमा फरार भनिएका एक जनालाई आज पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले गत असोज २९ गते काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरस्थित ग्लोबल आइएमई बैँकमा कार्यरत चौकीदारलाई खुकुरी प्रहार गरी फरार भएका भनिएका काठमाडौँ थापागाउँका शशि थापालाई आज अपराह्न बानेश्वरबाट पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रमेश विष्टले बैँकका गार्डलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएर फरार रहेको अभियोगमा थापालाई पक्राउ गरिएको जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
तपाईको ईमेल गोप्य राखिनेछ