शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल इन्जिनियररिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने पक्राउ

बुधबार, १० मङ्सिर २०७७, १७ : ००
बुधबार, १० मङ्सिर २०७७

काठमाडौं । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेका छन् । 

उनलाई काठमाडौंको चण्डोलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुल थापाले रातोपाटीलाई जानकारी दिए । 

क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा न्यौपानेले अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर गठी गरेको आरोप लागेको छ । 

रामेछाप घर भएका न्यौपाने काठमाडौंको चण्डोल बस्थे ।

६४ वर्षीय लम्बोदरले संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । 

उनीविरुद्ध अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकसँगै ‘घुस रिसवत’ मुद्धा दायर समेत भएको थियो । विशेष अदालतबाट धरौटीमा रिहा भएका उनको सो मुद्धा विचाराधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप