शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अर्थमन्त्री पौडेलद्वारा तिनाउ दानव कोरिडोरको शिलान्यास

बुधबार, १० मङ्सिर २०७७, १७ : १४
बुधबार, १० मङ्सिर २०७७

बुटवल । अर्थमन्त्री बिष्णु पौडेलले रुपन्देहीको तिनाउ दानव कोरिडोरको शिलान्यास गरेका छन् । चुनावी घोषणापत्रमा समेत सो परियोजनालाई महत्वका साथ समावेश गरेका पौडेलले आयोजनालाई आफ्नो ड्रिम प्रोजेक्टको रुपमा अगाडी सारिएको दाबी गरे । उनले रुपन्देहीलाई देशको आर्थिक केन्द्र बन्ने विश्वास समेत व्यक्त गरे ।

बुटवल बजारको बीच भएर बग्ने तिनाउ र दानव नदीको किनारमा बन्ने करिडोरको निर्माणपछि भारतीय सीमासँग जोडिएको मर्चवारलाई बुटवलसँग जोडिन सहज हुने विश्वास गरिएको छ । कोरिडोरको शिलान्यास गर्दै मन्त्री पौडेलले रुपन्देहीमा कुनै पनि विकास आयोजना अधुरा रहन नदिने अठोट व्यक्त गरे । उनले बुटवललाई आर्थिक, पर्यटन, साँस्कृतिक र वाणिज्यको केन्द्र बनाउने गरि योजना अगाडी बढाइने बताए ।

मन्त्री पौडेलले अहिले सञ्चालन भइरहेका र अगाडी सारिएका आयोजनाहरु सम्पन्न हुँदा रुपन्देही विकासमा सबैभन्दा अब्बल बन्ने र यहाँको महत्व अझै बढ्ने उल्लेख गर्दै निर्वाचनको बेला जनतासँग गरिएका प्रतिबद्धता र घोषणापत्र एकएक गरि कार्यान्वयन गर्दै अघि बढ्ने बताए ।

अर्थमन्त्री पौडेलले अहिलेको सरकारले एकपछि अर्को राष्ट्र र जनताका पक्षमा निर्णय गर्दै नतिजा र परिणाममुखी काम गरेर देखाउने बताए । तिनाउ नदी किनारमा ३५ किलोमिटर र दानव नदी किनारमा १५ किलोमिटर गरि दुवैतर्फ २ लेनको सडक निर्माण हुनेछ । त्यसका लागि पहिलो चरणमा तिनाउ नदीको साढे ८ र दानव नदीको साढे ३ किलोमिटरका लागि ठेक्का सम्झौता भइसकेको छ ।

जसअनुसार तिनाउ कोरिडोरमा ५२ करोड ४६ लाख र दानव कोरिडोरमा १९ करोड ४२ लाख रुपैयामा किराँतेश्वर मैनाचुली अविसा जेवी र लामा बानियाँ जेवीसँग गत असोजमा ठेक्का सम्झौता भएको हो । किराँतेश्वर मैनाचुली अविसा जेवीले तिनाउ तर्फको र लामा बानियां जेवीले दानवतर्फको सडक निर्माण गर्नेछन् । ठेक्का सम्झौताअनुसार तिनाउ तर्फको ३६ महिना र दानव तर्फको २७ महिनामा सडक निर्माण सक्नुपर्नेछ ।

पहिलो चरणमा तिनाउतर्फको बुटवल नयाँ बसपार्क पछाडिदेखि तिलोत्तमाको मगरघाट सम्म र दानवतर्फ बेलवास झोलुंगे पुलदेखि नयाँगाउँ पुलसम्म कोरिडोर निर्माण हुने सडक विभागले जनाएको छ । दुवैतर्फ गरि ५० किलोमिटर सडक निर्माणका लागि ४ अर्ब १३ करोड रुपैयाँ लाग्ने विभागले गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । कोरिडोर निर्माणपछि अहिले अतिक्रमण हुंँदै आएको तिनाउ नदिको उकास क्षेत्र जोगिने र नदिको बहाव क्षेत्र सुरक्षित हुने विश्वास गरिएको छ ।

हाल तिनाउको बहाव क्षेत्र समेत अतिक्रमण गरि बस्ती बसाइएको छ । सडक निर्माणको क्रममा बहाव क्षेत्र छाडेर नदीको जगदेखि नै पर्खाल लगाइने भएकोले नदी कटान तथा अतिक्रमणको समस्या हट्ने बुटवल उपमहानगरपालिकाले जनाएको छ । नदीतर्फको ३ मिटर क्षेत्रमा हरियाली क्षेत्र बनाइने छ भने त्यसपछि मात्र १४ मिटरको दुई लेनको सडक हुनेछ । त्यस्तै बस्तीतर्फको सडक छेउमा फुटपाथ निर्माण गरिनेछ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप