बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

पाँचथरको फालोटमा सशस्त्र प्रहरीको बिओपी स्थापना

बुधबार, १० मङ्सिर २०७७, १७ : ३६
बुधबार, १० मङ्सिर २०७७

पाँचथर । फालेलुङ गाउँपालिका-४ फालोटमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ । सो बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षकका नेतृत्वमा १९  सुरक्षाकर्मी रहेको सशस्त्र प्रहरी बल २ नं गुल्म फिदिमका प्रमुख किशोरकुमार श्रेष्ठले बताए ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले बिओपीको उद्घाटन गर्दै सरकारले एकैसाथ सयौँ बिओपी स्थापना गरी सीमा क्षेत्रलाई सुरक्षित पार्ने प्रयास थालेको बताए ।
 
मन्त्री नेम्वाङले सीमित स्रोत साधनको उपलब्धता हुँदासमेत धेरै बिओपी स्थापना भएको तथा सुरक्षा निकायलाई सबल बनाउन र  छिमेकीमुलुकसँग सुमधुर सम्बन्ध राख्न सरकार सफल भएको बताउँदै पूर्वाधार विकास, पर्यटन विकास, स्वास्थ्य शिक्षा जस्ता क्षेत्रको सम्वद्र्धनमा थालिएको पहल दूरगामी महत्वको रहेको जनाए । एकैसाथ धेरै स्थानीय तहमा अस्पताल निर्माण गरिनु, सयौँ विद्यालयमा आइसिटी ल्याब स्थापना गरिनुलगायतले सरकार सबै क्षेत्रको समग्र विकासमा अग्रसर रहेको स्पष्ट भएको उनको भनाइ थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप