शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सांसद दीपक मनाङ्गेकी श्रीमती ‘चोरी मुद्दा’मा पक्राउ

बुधबार, १० मङ्सिर २०७७, १७ : ५६
बुधबार, १० मङ्सिर २०७७

काठमाडौं । डाँका चोरी मुद्धामा प्रहरीले गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेकी श्रीमतीलाई पक्राउ गरेको छ । 

मकवानपुरको पदमपोखरीबाट दीछेन डोल्मालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका एसपी सुशीलसिंह राठौरले रातोपाटीलाई जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय कास्कीबाट दिछेनको विरुद्ध ‘डाँकाचोरी’ मुद्धामा पक्राउ पूर्जी जारी भएको थियो । दिछेनलाई पक्राउ गरेर पोखरा पठाइएको एसपी राठौरले बताए । उनी पदमपोखरी स्थित माइतीमा थिइन् । 

दीक्षेनले पोखरास्थित एक घरमा रहेको मूर्ति चोरी गरेको सम्बन्धमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी जीवन श्रेष्ठले रातोपाटीलाई बताए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप